linktrix Long Ad
Salt Trading Long Ad

ट्रम्पले बनाए २७ बर्षिय क्यारोलिनलाई सञ्चार सचिव

676
shares

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल ह्वाइटहाउस प्रशासन चलाउन टिम बनाइरहेका छन् ।

यही क्रममा उनले शनिबार २७ वर्षीया क्यारोलिन लेविटलाई ह्वाइट हाउसको सञ्चार सचिव (प्रेस सेक्रेटरी) नियुक्त गरेका छन् । क्यारोलिन यो पद सम्हाल्ने सबैभन्दा कम उमेरकी हुन् ।यसअघि सन् १९६९ मा राष्ट्रपति रिचर्ड नेक्सनले २९ वर्षीय रोनाल्ड जिग्लरलाई प्रेस सेक्रेटरी बनाएका थिए ।

क्यारोलिन हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्पको चुनावी अभियानको प्रेस सेक्रेटरी थिइन् । साथै ट्रम्पको अघिल्लो कार्यकालमा उनले राष्ट्रपतिको सहायक प्रेस सेक्रेटरीको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।क्यारोलिनलाई प्रेस सेक्रेटरीलाई चयन गर्दै ट्रम्पले भनेका छन्, ‘क्यारोलिन लेविटले मेरो ऐतिहासिक चुनावी अभियानमा धेरै राम्रो काम गरिन् । अब उनी ह्वाइट हाउस प्रेस सचिवको रूपमा मसँगै काम गर्नेछिन् ।’

उनले अगाडि थपेका छन्, ‘क्यारोलिन एक स्मार्ट र प्रभावशाली प्रसारक प्रमाणित भएकी छन् । उनले अमेरिकी नागरिकसम्म हाम्रो सन्देश पुर्‍याउन उनले मद्दत गर्नेछिन् भन्ने मलाई पूरै विश्वास छ ।’अमेरिकाको न्यू ह्यामसायरकी क्यारोलिनले ह्वाइटहाउसमा इन्टर्नसीप गरिसकेकी छन् । ट्रम्पले सन् २०२० मा चुनाव हारेपछि उनले रिपब्लिकन नेता एलिस स्टेफनिकको सञ्चार निर्देशक बनिन् । स्टेफनिककलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत बनाएका छन् ।

क्यारोलिनले न्यू ह्याम्पसायरमा सन् २०२२ मा हाउस अफ रिप्रिजेन्टेटिभको चुनावमा पराजित भएकी थिइन् ।ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले दैनिक रूपमा त्यहाँ पत्रकारका लागि प्रेस ब्रिफिङ गर्नुपर्ने हुन्छ । साथै, राष्ट्रपति र मन्त्रिपरिषद्को कामकाज बारे जानकारी दिनुपर्छ । राष्ट्रपतिको दैनिक कार्यतालिका र विदेश यात्रा बारे जानकारी दिनुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा राष्ट्रपति कार्यालयको अडान बारे प्रस्ट पार्नुपर्नेहुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports