प्रभु डिजिटल क्युब सञ्चालनमा
वि.सं.२०८१ पुस १७ बुधवार १६:३५
shares

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउन्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।
उक्त काउन्टरबाट क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न कियोक्स मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्ट गर्न सकिने लगायत सेवाहरू ग्राहक आफैंले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।हाल यो सेवा बैंकको मुख्य कार्यालय बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार गरिने बैंकले जनाएको छ ।




































