linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ दलको बहुमतबाटै विधेयकहरू पास गर्ने तयारी

741
shares

काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन भनेर सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले गृहकार्य अगाडि बढाएका छन् ।

नेकपा एमालेले मंगलबार संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने फोकल पर्सन नै तोकेको छ ।कांग्रेसका शीर्ष नेताहरूले बुधबार विधेयकमाथि दफावार छलफल गरिरहेका संसदीय विषयगत समितिका सदस्यहरूसँग छलफल गरेका छन् ।कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार कांग्रेसले आफ्नो तर्फबाट धारणा तय गरेर सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग छलफल गर्दैछ ।एमाले र कांग्रेसका बीचमा संयुक्त छलफल बिहीबार गर्ने तयारी छ ।

‘सत्तारुढ दलले साझा धारणा तय गरेपछि अन्य दलसँग पनि छलफल गरिन्छ । हामी सकेसम्म सहमतिमै विधेयकहरू पास गर्न खोज्छौं नसके लोकतान्त्रिक प्रक्रिया पनि अपनाउनुपर्ने हुन सक्छ,’ कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने ।संघीय संसद सचिवालयका अनुसार हाल प्रतिनिधि सभामा १६ वटा विधेयक बिचाराधीन् छन् ।राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा विधेयक छ । संघीय निजामती सेवा विधेयक, अख्तियार ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र निर्माणमुखि सामग्री विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।यो समितिमा रहेका विधेयक अगाडि बढाउने जिम्मेवारी एमालेको तर्फबाट सांसद रघुजी पन्तलाई दिइएको छ ।अर्थ समितिमा रहेका विधेयकहरूमाथि छलफल गर्न र अगाडि बढाउने पहल लिने जिम्मेवारी सांसद सूर्य थापाले पाएका छन् ।

अर्थ समितिमा बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छ ।कानुन न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलमा छ । यो विधेयक अगाडि बढाउने भूमिका खेल्ने जिम्मेवारी एमालेबाट सांसद नैनकला थापाले पाएकी छन् ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक दफावार छलफलमा छ ।विद्यालय तहको शिक्षामा कुन तहको अधिकार क्षेत्र कति र निजी क्षेत्रबाट सञ्चालित विद्यालयको विषयलाई लिएर विद्यालय शिक्षा विधेयकमाथि बहस भइराखेको छ ।

यी लगायतका विषयमा छलफल गर्ने र दुवै पास गराउन भूमिका खेल्ने जिम्मेवारी सांसद छविलाल विश्वकर्माले पाएका छन् ।पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक छ । यो विधेयकलाई पास गर्ने गरी अगाडि बढाउने जिम्मेवारी एमाले सांसद गोकर्ण विष्टले पाएका छन् ।बुधबार एमालेले झैँ कांग्रेसले पनि फोकल पर्सन तोक्नेछ । त्यसपछि दुई दलका सांसदले सम्बन्धित समितिको छलफलमा दलीय धारणा अनुसार भूमिका खेल्नेछन् ।यस्तो अवस्थामा विपक्षी दलहरूले फरक मत राखेको खण्डमा सके कन्भिन्स् गराउने नसके बहुमतका आधारमा पास गरेर जाने नीति सत्तारुढ दलले लिएका हुन् ।‘संसदले कानुन नै बनाए भन्ने जो परेको छ । त्यो चिर्न र समयाअनुकूल ऐन बनाउन समेत लोकतान्त्रिक अभ्यासको जरुरत पर्न सक्छ,’ एमालेका एक नेता भन्छन्, ‘अब द्रुत गतिमा संसदमा विचाराधीन विधेयक पास हुन्छन् । यसका लागि सबै उपाय खोजिनेछ ।’यसका लागि पहल लिन र राजनीतिक समन्वय गर्न भनेर कांग्रेस र एमालेले संसदमा अर्को संयुक्त कार्यदल नै बनाएर काम गरिरहेका छन् ।

गत ९ पुसमा कांग्रेस र एमालेका शीर्ष नेताहरूले संसदको सञ्चालन र संसदमा छलफल गरिने बिजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाएका हुन् ।कार्यदलमा एमालेबाट पार्टी सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईसहित मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराललगायत छन् । कांग्रेसबाट संसदीय मामिला विभाग प्रमुख जीवन परियार, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ लगायत छन् ।संसदमा विचाराधीन अवस्थामा रहेका सबै विधेयक पारित गर्ने वातावरण बनाउनेगरी दुई दलीय कार्यदल बनाएको हो । यो कार्यदलले विचाराधीन विधेयकहरुमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलाउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने लगायतका जिम्मेवारी पाएका छन् ।यो कार्यदलको बैठक नियमितजसो बसिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports