संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
वि.सं.२०८१ पुस १८ बिहीवार ०८:१७
shares

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।
अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले बताए।उनले भने, ‘सरकारले अधिवेशन बोलाउने तयारी गरेको छ। पुसको अन्तिमसम्ममा बोलाउनेगरी छलफल अघि बढेको छ। चाँडै बोलाउँछ।’उनले आगामी अधिवेशनबाट संसदमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्याउनेगरी छलफल अघि बढाइरहेको पनि बताए।
सरकारले संसद अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने चेतावनी समेत दिँदै आइरहेका थिए।सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसदमा विचाराधीन विधेयकहरू समय सीमाभित्रै पास गर्न विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय समेत यसअघि नै गरेको छ।




































