सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणतन्त्रले देश नै खाइदिने खतरा

442
shares

राजन कार्की
गणतन्त्रमा गण कम, विदेशी बढी देखिन थाल्यो । गणतन्त्रमा राष्ट्र काम विदेशी चलखेल बढी हुनथाल्यो । यसकारण संशय उत्पन्न भयो कि गणतन्त्रले देश नै खाइदिने त होइन ?
१९७५ तिर यस्तै हालत थियो सिक्किमको । ३२ जना निर्वाचित सांसद थिए, ३१ जनाले भारतको प्रान्त हुन मञ्जुर छ भनेर प्रस्ताव नै पारित गरिदिए । अनि सिक्किम भारतमा बिलय भयो ।

वर्तमान नेपालमा त्यही खतरा बढिरहेको छ । एकातिर उत्तर, दक्षिण, अर्कोतिर पश्चिमाहरुको पेलान बढिरहेको छ । नेपाली जनबल, जनमत पाएका जननेताहरु माटोमा सतिसाल भएर उभिन सकेका छैनन् । उनीहरु स्पष्ट बोल्न सक्दैनन् आखिर उनीहरुले बनाउने नयाँ नेपालको खाका के हो ? कस्तो हो ? यतिमात्र होइन, नेपालको गृह र परराष्ट्रनीति कस्तो हो ? यो पनि देखाउन सक्दैनन् । हरेक दलका आआफ्नै नीति छन् । दलपिच्छेको नीतिले राष्ट्र चल्दैन । यसकारण नेपाल अस्तित्वको संकटतिर धकेलिन थालेको छ । भन्ने विश्लेषकहरु त नेपाल अफगानिस्तानजस्तो बन्ने खतरा पनि देखाउन थालेका छन् । राष्ट्रलाई आश्वस्त पार्ने एकजना नेतृत्व पनि उभिएर बोल्दैनन् । हरेक नेताका दुई चार जिब्रा देखिन थालेका छन् । मौसमअनुसारका ट्यूनिक लगाएका पनि देखिन्छन्, जुन राष्ट्रिय अस्तित्वका लागि सबैभन्दा खतरनाक हो ।
गाउँ गाउँमा सिंहदरवार बनाउँछु भन्ने गणतन्त्रवादी खरानी भइसके, अब उड्न के बेर ? यिनले त देशैलाई दाउमा पो पारिदिए ।
मुर्खता बराबर घोच्ने अर्को कुनै काँडा हुँदैन । कुनै विद्वानले भनेझैं मुर्खसँग स्वर्गमा बस्न पनि डरमर्दो हुँदैछ ।
यति राम्रो राष्ट्र नेपाललाई हामीले विश्वास गरेकै नेतृत्वले जोखिममा पारिसके । १५ वर्षदेखि यिनले मिलिभगत शासन गरिरहेका छन् । जनतालाई भ्रम छरेर मूर्ख बनाइरहेका छन् । यसकारण राष्ट्र जोखिममा पर्दै गएको हो ।

निश्चित रुपमा आवधिक चुनावबाट आएका नेताले गरेको गल्तीको दूरगामी असर पर्छ । मुलुक र मुलुकवासीले लामो समयसम्म त्यसको मूल्य चुकाइरहनु पर्छ । यतिबेला नेपाल अफगानिस्तान हुने कि असंलग्न नीतिमा अडिग रहने भन्ने गम्भीर मत बाझाबाझ भइरहेको छ । यसमा निकास निकाल्ने र एउटा मार्ग दिन कुनै राजनीतिक दल तैयार छैन ।
पन्द्र वर्ष भयो, जनयुद्ध र जनआन्दोलन मिस्सिएर आएको परिवर्तन । हरेक दिन जनताले हारिरहेछन्, हरेक पल देशले हारिरहेछ । देशले हार्ने पनि अग्रगमन हुन्छ ? व्यवस्था फेरियो, चरित्र फेरिएन । व्यक्ति फेरिए व्यवहार फेरिएन ।

जनताले मतदान गरेर संविधानसभा निर्माण भयो, त्यही संविधानसभाले जनताको सुझावलाई बेवास्ता गरिदियो । धोक्राका धोक्रा जनतलो बुझाएका सुझावहरू यतिबेला संसद सचिवालयमा रद्दीको कागज बनाएर फालिएका फोटाहरू हालै सार्वजनिक भए । जनताका सुझाव रद्दीको टोकरीमा हाल्ने कि संविधानमा समावेश गर्ने ? नगर्दाको परिणाम देश आज पनि लोकतान्त्रिक सुविधामा छैन, के गर्ने के नगर्ने दुविधामा रुमलिएको छ ।
जनबल, जनमत र जनसाथको धक्कु लगाउने ठूला दलहरूलाई अलिकति पनि लज्जावोध हुन्न । उनीहरू रामका कुरा गर्छन्, पशुपतिमा जलहरि चढाउँछन्, दशैं मान्छन् र दशा हटोस् भनेर भैंसी पूजासमेत गर्छन् । अनि भन्छन्– नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । यस्तै स्वार्थप्रेरित हावादारी नीति र सिद्धान्तले देशलाई मर्माहत पारिरहेको छ ।

जनताका नेता हुँ भन्ने हरेकले जनतालाई, देशलाई अझै ढाँटिरहेका छन् । ढाँट राजनीतिका कारण राष्ट्रमा समस्यापछि समस्या थपिदो छ ।
हाम्रा यिनै नेता हुन्, जो भनिरहेछन्– नेपाललाई स्वीट्जरलेण्ड बनाउँछौं । ५५ जनाले स्वीस वैंकमा ५२ं अर्व लुकाएको खुलासा विकिलिक्सले गरिदियो । कतिपय सामान्य व्यक्तिका नामसमेत स्वीस वैंकमा पैसा थुपार्नेमा आयो । स्वीट्जरलेण्ड बनाउने भनेको स्वीस वैंकमा कालोधन थुपार्ने हो ? होइन भने सरकारले यसमा छानबिन किन गर्दैन, पैसा फिर्ता ल्याउन किन कम्मर कसेर लाग्दैन ? एमसीसीको रकम ठूलो हो भने यो रकम पनि ठूलै हो । एनसेलले तिर्नुपर्ने ६२ अर्व उठाउने हो भने पनि विकासका ठूलै योजना बन्न सक्छन् ।
आमनागरिकले थाहा पाउनुपर्छ– ०४६ सालमा नेपालीको आम्दानी ८ सय ६० डलर थियो थियो, आज प्रतिव्यक्ति ऋणभार ५२ हजार पुगिसक्यो । आजका दिनमा स्वीटजरलेण्डमा प्रतिव्यक्ति आय ८६ हजार डलरभन्दा माथि छ । विकृतिको भारी बोकेर नेपाल कहिले बन्ने स्वीट्जरलेण्ड ? सपना हो सपना । यद्यपि हाम्रा नेता यति चङ्ख छन् कि उनीहरु अझै पनि सोझा नेपालीलाई सपना बेचिरहेछन् । दुई छाक मासुभात खान दिएर चुनाव जित्छन् र ५ वर्ष आँखा चिम्लेर तिनै जनतालाई लुट्छन् ।

परिवर्तन भूकम्पले बेस्सरी हल्लाएर चिराचिरा परेर भत्किन ठिक्क परेको घरजस्तो लाग्छ । जुन घरलाई टेको दिएर अड्याइएको छ । यस्तो कमजोर अवस्थामा पुगिसकेको व्यवस्थालाई पनि यिनीहरु भनिरहेछन्– लोकतन्त्र संस्थागत भयो । यो त हामी दाह्रा सिंह हौं, हामीले चलाएको लोकतन्त्र हामीजस्तै बलियो छ भनेजस्तो भएन र ? पद्धति बलियो हुन जनविश्वास चाहिन्छ । यो व्यवस्था चलाउने सबैप्रति जनताको विश्वास समाप्त भइसकेको छ । जनताका लागि यी नेता भनेका दयापात्र मात्र हुन् ।

हो, वर्तमान नेपालकोजस्तै बेहाल थियो थाइलेण्डमा, ताइवानमा र दक्षिण कोरियामा । जनता रछ्यानको भातका सिता टिपेर खाने अवस्थामा पुगिसकेका थिए । अन्तमा, युवाहरू अघि सरे, देशवासीमा स्वाभिमान जगाए, स्वावलम्बन बन्ने सूत्र अँगालेर मेहनत गरे । आज थाइलेण्ड कहाँ पुग्यो, ताइवान सम्पन्न छ । दक्षिण कोरिया त नेपाली युवायुवतीको आकर्षक गन्तव्य बनिसकेको छ । ४२ हजारभन्दा बढी नेपाली दक्षिण कोरियाको रोजगारीमा छन् । यसबाट थाहा हुन्छ, कथित नेता होइन, सवल नेतृत्व चाहिन्छ । आफ्नो स्वार्थ होइन, देशको सुदूर भविष्य देख्ने र त्यो सोचका लागि त्याग गर्न तम्सिने जनप्रतिनिधि चाहिन्छ ।
जनआन्दोलनले जित्यो तर देशले हा¥यो ? देशले हार्ने लोकतन्त्र र लोकतान्त्रिक नेता खोटा भएका छन् । खोटा सिक्का र खोटा नेता भनेका बगरका ढुङ्गा हुन् । जनताले यस्ता खोटा ढुङ्गालाई किनारा लगाइदिनुपर्छ अब ।

देशले किन हा¥यो, समीक्षा गरौं र एउटा मार्ग समातौं । खोटा जेजति छन्, तिनलाई मिल्काइदिऊँ । तबमात्र निर्माणको सुरुआत हुनेछ, नेपाल किन पछि प¥यो भन्ने जिज्ञासा समाधानको मार्ग पहिल्याउन सकिनेछ । देशमा गणतन्त्र छ चल्दैन, यस्तो नचल्ने मुखुण्डो उतारौं । देशमा नेता छन्, खोटा छन्, खोटा नेता पन्छाइदिऊँ । अझै प्रचण्ड भन्छन्– सांस्कृतिक परिवर्तन मबाटै सुरु हुन्छ । देउवा भन्छन्– समाजवाद स्थापित गराइन्छन् । ओली भन्छन्– एमालेले सबैलाई लतार्छ । माधव नेपाल भन्छन्– एमाले चुनाव पछि सिला खोज्नुपर्छ । अचम्म, देश लथालिङ्ग भइसक्यो, कसरी समाल्ने भन्ने योजना कुनै नेता वा पार्टीमा छैन । अब जनताले निर्णय गर्नुपर्छ कि चुनावका माध्यमबाट राम्रा मानिसलाई जिम्मा दिनुपर्छ, कि विद्रोह बोल्नुपर्छ । जनताले निर्णय गरुन् । यही नै अहिलेको आवश्यकता हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports