kumari
stcnepal

सम्भब होला त निर्वाचनसम्म पाँच दलिय गठवन्धन

सम्पादकीय ।
मुलुकका सबै ठूला दलका महाधिवेशनहरु समाप्त भईसकेका छन् । अब सबै राजनितिक दलहरुको ध्यान आउदो बैशाख महिनामा स्थायी तह, प्रदेश सभामा र सघीय ससदको निर्वाचन तर्फ मोडिएको छ । निर्वाचन आयोगले आउदो वैशाख महिनामा स्थानीय तहको निर्वाचन गराउने रणनितिका साथ सरकारलाई निर्वाचनको घोषणा गर्न आग्रह समेत गरी सकेको हुनाले सबै राजनितिक दलहरुले त्यसै अनुरुपका कार्यक्रमहरु जनतासामु अघि सार्ने भएका भएपनि सरकारले भने निर्वाचनको मिति घोषणा गरेको छैन ।

सरकारले निर्वाचनको मिति घोषणा गर्ने साथ सबै राजनितिक दलहरु आ–आफ्ना कार्यक्रमहरु लिएर जनता सामु जानु वाहेक उनीहरु सग अर्को विकल्प देखिएको छैन । केही राजनितिक दलहरुले त अहिले नै जनतालाई मनोवैज्ञानिक दवाव दिन थालिसकेका छन् । नेकपा एमालेवाट विभाजित भई गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले त आउँदो निर्वाचन सम्मै अहिलेको पाँच दलिय गठवन्धन कायम हुने र पाँच दलिय गठवन्धले गठवन्धन नै गरेर सबै तहका निर्वाचनमा जाने उद्घोष गर्दै आफ्नो पार्टीमा आउन नेकपा एमालेका समर्थनहरुलाई मनोवैज्ञानिक दवाव समेत दिन थालेका छन् ।

मुलुककै ठूलो दल नेकपा एमाले विभाजित भएको र अहिले नेकपा एमाले र एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुलाई तानातान गरीरहेका छन् । पाँच दलिय गठवन्धनमा रहेको सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसका सभापति शेखरवहादुर देउवा दोस्रो पटक सभापतिमा निर्वाचित भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेल लगायत चुनावमा भाग नलिएका र चुनावमा पराजित भएका १३ नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित समेत गरीसकेका छन् ।

निर्वाचनमा कार्यकर्ताहरुले नप¥याएर निर्वाचनमा पराजित भएका नेताहरु विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत, प्रकाशमानसिह, सुजता कोइराला, विमलेन्द्र पौडेल, उमा रेग्मी मीन विश्वकर्मा, नारायण खड्का र कृष्ण प्रसाद सिटौलालाई मनोनित गरेका छन् । त्यसैगरी सभापति देउवाले दोस्रो पटक जीवन वहादुर शाही , प्रदीप पौडेल र कल्याण गुरुङलाई पनि मनोनित गरेका छन् । उनीहरु तिनै जना निर्वाचनमा पराजित भएका थिए । कार्यकर्ताहरुले नप¥याएर निर्वाचनमा पराजित भएका नेताहरु पुन मनोनित गर्नुले लोकतन्त्र मै खिल्ली उडेको छ । कार्यकताहरुले मन नपराएका नेताहरुलाई सभापतिले मनोनित गर्नु भनेको निर्वाचनमा पराजित भएपनि शक्ति सन्तुलन मिलाउने र सबै पक्षलाई समेटेको छ भन्नु वाहेक अन्य केही हुन सक्दैन । पराजित नेताहरुलाई मनोनिति गरेर निर्वाचित भएका नेताहरुको आत्मावललाई कमजोर पारिएको काग्रेस कै नेताहरुले वताउन थालेका छन् ।

पाँच दलिय गठवन्धनमा रहेका नेपाली काग्रेस, माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चा भीत्र समेत एकमत हुन नसकेको हुनाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनसग भएको सम्झौता अलपत्र परको छ । नेपाली काग्रेस जसरी भएपनि उक्त सम्झौता ससदवाट पारित गर्ने रणनितिमा रहेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीभने सम्झौतामा उल्लेख भएका प्रावधानहरु केही सशोधन गरी पारित गर्ने पक्षमा रहेका छन् । जनता समाजवादी पार्टीभीत्र पनि एकमत नभएकोले गर्दा ऊ पनि अप्ठ्यारो अबस्थामा रहेका छन् भने राष्ट्रिय जनमोर्चा कुनै हालतमा पनि उक्त सम्झौतआ पारित गर्नु हुदैन भन्ने अडानमा रहेको भएपनि देउवाले जनमोर्चालाई खासै महत्व दिएका छैन ।

त्यस्को एउटै कारण हो जनमोर्चा सग ससदमा १ मात्र सासद रहेकोले गर्दा माओवादी केन्द्रको ८ औँ महाधिवेशनले समेत एमसीसी सम्झौतालाई विना सशोधन पारित गरीनु नहुने निर्देशन अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ भने अध्यक्ष दाहाहलले समेत सम्झौतामा भएका केही प्रावधानहरु सशोधन हुनुपर्ने, राष्ट्रिय सहमति कायम हुनुपर्ने र एमसीसीका सम्बधमा जनताले उठाएका प्रश्नहरुको उत्तर जनतालाई दिएर मात्र अघि वढ्नु पर्ने बताईसकेका हुनाले, माओवादी केन्द्र अहिले कै अवस्थामा एमसीसी पारित गर्न सहमत नहोला भन्न सकिन्छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल यहि बेला प्राय दिनहु जसो देश दौडाहामा जाने गरेका छन् । उनले सम्बोधनमा प्रत्येक ठाउँमा उनले अहिलेको गठवन्धन आउँदो निर्वाचनसम्मसँगै जाने भएकाले गर्दा आफ्नो पार्टीले राम्रो स्थान ल्याउने बताउदै आफ्नो पार्टीमा आउन कार्यकर्ताहरुलाई आवहान गरीरहेका छन् ।

माओवादीको ८ औँ महाधिवेशनलाई सम्वोधन गर्दै प्रधानमन्त्री एवं काग्रेसका सभापति देउवाले आउदो निर्वाचनसम्म हामी सगै अघि बढ्छौ भने अभिव्यक्ति दिएकाले अध्यक्ष नेपालले त्यही भनाईलाई आधार मानेर नेता तथा कार्यकताहरुलाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै आएका भएपनि अध्यक्ष नेपालको भनाईमा दम नरहेको भन्दै काग्रेसका नेताहरुले आउदो निर्वाचनमा नेपाली काग्रेस कससगै गठवन्धन नगरी एक्लै निर्वाचनमा जाने पक्षमा रहेको र प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र अन्य दलहरुलाई एमसीसी सम्झौता पारित गर्नका लागि उनीहरुलाई खुसी पार्नका लागि मात्र त्यस्तो अभिव्यक्ति दिएको वताउन थालेपछि अध्यक्ष नेपाललाई छट्टपटी बढेको उनीहरुले वताउन थालेका छन् ।

पाँच दलिय गठवन्धनले गठवन्धन नै नगरी एक्ला एक्लै निर्वाचनमा जाने निर्णय गरेको खण्डमा नेकपा एमालेले नै जित हासिल गर्न सक्ने र आफुहरुको पत्तासाफ हुने भयले गर्दा काग्रेस एक्लिय पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी गठवन्धन गरेर निर्वाचन सक्ने सम्भावना भएपनि एकीकृत समाजवादी पार्टी मुलुकभर मै पार्टी भई नसकेको हुनाले समाजवादी पार्टीको भविष्य कस्तो होला भन्ने चिन्ताले माधव नेपाललाई सताउदै लगेको हामीले महसुुस गरेका छौँ ।

footer