linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन आर्मीलाई मदन भण्डारी गोल्डकपको उपाधि

1.11K
shares

रूपन्देही । त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जित्न सफल भएको छ। आर्मीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो।

खेलको क्रममा आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ को स्कोरमा हराएको थियो। पहिलो सेट सजिलै जितेको पुलिसले आर्मीलाई दबाबमा राखे पनि दोस्रो सेटमा आर्मीले पुनरागमन गर्न सफल भयो। दुर्गा महतो, धनपति कुवर, र धनबहादुर भट्टको उत्कृष्ट प्रदर्शनले आर्मीले खेललाई बराबरीमा ल्यायो।तेस्रो सेट पुलिसले आफ्नो पक्षमा पारेर खेललाई आफ्नो पक्षमा मोड्ने प्रयास गर्‍यो। तर, चौथो सेटमा आर्मीले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेललाई निर्णायक सेटसम्म पुर्‍यायो। पाँचौं सेटमा आर्मीले पुलिसका खेलाडीहरूका सर्टहरूलाई कुशलतापूर्वक ब्लक गर्दै सजिलै जित निकाल्यो।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो। भारतको गुजरात भलिबल एसोसिएसन नखेलेपछि मणिमुकुन्दलाई तेस्रो स्थान घोषित गरियो। विजेता आर्मीले ट्रफीसहित ७ लाख नगद पुरस्कार प्राप्त गर्‍यो भने पुलिसले दोस्रो स्थानसहित ३ लाख ५० हजारमा चित्त बुझायो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports