गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भावी गभर्नरका लागि बढ्दो कांग्रेस-एमाले बीच छलफल

858
shares

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले राज्यको महत्वपूर्ण निकायमा आफ्नो वर्चस्व कायम गर्ने होडबाजीमा छन् । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र एमाले भाबी गभर्नर यतिबेला बनाउन तछाडमछाड गरिरहेका छन् । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ ।

राज्यका महत्वपूर्ण अंगमा हाबी हुने होडबाजीले सरकार नै तलामाथि हुने हो कि भन्ने खबरहरूसमेत बाहिरिन थालेका छन् । गभर्नरका विषयमा बालुवाटार र बूढानीलकण्ठमा दिनहुँ कुराकानी चल्ने गरेको छ । गभर्नरमा कांग्रेसले बढी नै जोड गरेको छ भने एमालेले पनि नछाड्ने अडान लिएको छ ।गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते सकिदै छ । सरकारले २०७६ चैत २४ गते अधिकारीलाई पाँच वर्षका लागि गभर्नर नियुक्त गरेको थियो । त्यसबेला पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीसमेत एमालेकै थिए । अधिकारीको कार्यकाल सकिने बेलामा पनि संयोगले ओली नै प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेल एमालेकै उपाध्यक्ष हुन् ।

अधिकारी स्वयं पनि एमालेका होलटाइमर कार्यकर्ता हुन् । गभर्नरको कार्यकाल सकिनु एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा भए पनि सरकारले नियुक्त गर्न सकेको छैन । अर्थमन्त्री पौडेलको संयोजकत्वमा सिफारिस समिति बने पनि समितिमा अन्य सदस्यहरु थप भएका छैनन् ।गभर्नर अधिकारी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यलयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनीनिकट स्रोतको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी रहेको बताइएको छ ।गभर्नर अधिकारी बिदामा रहेको समयमा डेपुटी गभर्नर डा.निलम ढुंगानाले कायममुकायको जिम्मेवारी पाउने छिन् । उनी एमालेनिकट पारिवारिक सदस्य हुन् ।

अधिकारीअघिका केही गभर्नर र अन्य सार्वजनिक नियुक्त पाएका केही संस्थाका प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने गरेका थिए । तर, अधिकारी भने कार्यकाल सकिनुअघिको एक महिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेका हुन् ।गभर्नरको दौडमा ज्ञानेन्द्र ढुंगाना, निलम ढुंगाना, रामेश्वर खनाल, चिन्तामणि देवकोटा, बमबहादुर मिश्र, डा.गुणाकर भट्ट, प्रकाशकुमार श्रेष्ठ, सुशील भट्टलगायत छन् ।एमालेको भागमा परेमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरका बलियो दावेदार हुन् । उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत छन् । श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् । राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला अहिलेका अर्थमन्त्री पौडेल नै अर्थमन्त्री थिए । पौडेलले त्यसबेलै श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन् ।प्रधानमन्त्री ओलीले नै निलम र बमबहादुरलाई डेपुटी गभर्नर बनाउन अर्थमन्त्रीलाई निर्देशन दिएपछि पौडेलले चाहँदा चाहँदै पनि श्रेष्ठले मौका पाएनन् । प्रधानमन्त्री ओलीले श्रेष्ठलाई पछि हेरौंला भनेर बचन दिएकाले यसपटक एमालेको भागमा गभर्नर परेमा उनी गभर्नर बन्ने संभावना रहेको स्रोतको दाबी छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports