नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, विधार्थी र प्रहरीबीच झडप

130
shares

नयाँ दिल्ली । बुधबार राति पनि दिल्लीको जन्तर मन्तरमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कक्रोज जनता पार्टीका प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरे भने प्रहरीले जवाफमा अश्रुग्यास प्रहार गरेको थियो ।

यस घटनाका भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरूले लाठी बोकेर प्रहरीमाथि आक्रमण गरिरहेको देखिन्छ । यसअघि जुलाई २० मा कक्रोजको संसद मार्चका क्रममा पनि झडप भएको थियो । प्रदर्शनकारीहरू संसदको प्रवेशद्वार नजिक पुगेका थिए र उनीहरूलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

कक्रोज पार्टीका नेता अभिजीत दीपकेले सोनम वाङचुकलाई आफ्नो अनशन अन्त्य गर्न आग्रह गर्दै देशलाई उनको आवश्यकता रहेको बताए । उनले पार्टीको शान्तिपूर्ण विरोध प्रदर्शन जारी रहने पनि उल्लेख गरेका छन् ।केन्द्रीय सरकारले पश्चिम बंगालबाट दिल्लीमा थप २० कम्पनी सीआरपीएफ तैनाथ गर्न आदेश दिएको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम पश्चिम बंगालको कोलकाताबाट करिब २,००० सुरक्षाकर्मीलाई हवाई मार्गमार्फत दिल्ली ल्याइएको छ ।

सुरक्षा व्यवस्थाका कारण दिल्लीका १६ वटा मेट्रो स्टेसनहरू बन्द गरिएका थिए, यद्यपि बुधबार साँझ ती सबै स्टेसनहरू पुनः सञ्चालनमा आएका छन् ।दिल्ली प्रहरीले कक्रोचको विरोध प्रदर्शनका क्रममा आरएफएका एक जवानमाथि भएको आक्रमणबारे एफआईआर दर्ता गरेको छ ।प्रहरीका अनुसार, भाइरल भएको एउटा भिडियोमा केही प्रदर्शनकारीहरूले आरएफएका जवानमाथि कुटपिट गरिरहेको तथा आरएफएको गाडीमाथि ढुङ्गा प्रहार गरी तोडफोड गरिरहेको देखिन्छ ।

विद्यार्थीहरूमाथि भएको आक्रमणसम्बन्धी एउटा निवेदनमा दिल्ली उच्च अदालतमा सुनुवाइ भएको छ । उच्च अदालतले सरकारलाई उक्त आक्रमणको सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports