तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक निकायका पदाधिकारी नियुक्ति विरूद्धको मुद्दा फेरी पनि हेर्दाहैदैमा, अव २०८२ बैशाख ३ गते सुनुवाइ हुने

689
shares

काठमाडौं । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिटको सुनुवाइ फेरि हेर्दैहेर्दैमा राखिएको छ। आज बुधबार भएको सुनुवाइमा रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितले बहस गरेका थिए।

निवेदकतर्फका अधिकांश अधिकांश कानुन व्यवसायीको बहस सकिएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए। दोस्रो दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो।त्यसअघि गत माघ ३० गते निवेदकतर्फबाटै बहस भएको थियो। निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहसका लागि तयार पारिएको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको दाबी गरी बदर गर्न निवेदकले माग गरेका छन्।२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले यी ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए। त्यसपछि उनीसहितले थप १४ वटा निवेदन दर्ता गरेका थिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports