linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बारको अध्यक्षमा प्रा.डा. मिश्रले बनाए दोब्बर मतको अग्रता, मिश्र प्यानल नै निर्वाचित हुने प्राय निश्चित

897
shares

काठमाडौं। नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले दोब्बर अङ्कले अग्रता बनाएका छन् ।

नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. मिश्रले ३ हजार ९६४ र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १ हजार ६७७ मत प्राप्त गरेका हुन् ।त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुईसय ५४ मत र यज्ञमणि न्यौपानेले एक हजार तीनसय ९९ मत प्राप्त गरेका छन् । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो ।

सोमबार १२ बजेदेखि मतगणना सुरु गरिएको थियो । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । मतगणना जारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports