विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

845
shares

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे सुरु हुनेछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई बोलाइएको छ ।

त्यस्तै बिहान ११ बजेको लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुँने कार्यसूचीमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports