विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ वर्षको पहिलो दिन : आज पनि शिक्षकहरू सडक आन्दोलनमा

936
shares

काठमाडौं । विद्यालय शिक्षा ऐनको मुख्य माग लिएर आन्दोलन गरिरहेका शिक्षकहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन् ।

यसअघिका सहमति पूर्णपालना गर्नुपर्ने, यथाशीघ्र ऐन जारी गर्नुपर्ने भन्दै चैत २० देखि उनीहरू माइतीघर-बबरमहल क्षेत्रमा ‘निर्णायक’ आन्दोलनमा होमिएका छन् ।आज देशभर अधिकांश नयाँ वर्षमा रमिरहेपनि शिक्षकले सडक संघर्ष जारी नै राखेका हुन् ।

महासंघ र सरकारबीच निरन्तर छलफल भए पनि निष्कर्ष आएको छैन ।महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्तालसमेत गरेका छन् । जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports