विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा केन्द्रीयसदस्यको मतपरिणाम सार्वजनिक पछि मुर्दाबादको नारा धन्कियो

273
shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि पार्टीका केही नेता, कार्यकर्ताहरुले महाधिवेशनस्थलमा विरोध प्रदर्शन गरेका छन् ।

गएराति ९९ केन्द्रीय सदस्यको नतिजा घोषणालगत्तै केही उम्मेदवार र प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका हुन् ।उनीहरूले उम्मेदवारहरूको नामावली र नतिजा सार्वजनिक गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आन्तरिक राजनीतिभित्र पनि प्रतिशोधको राजनीति चलेको भन्दै नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

उम्मेदवारी दर्ता गराए पनि अन्तिम सूचीमा नाम नरहेको र सार्वजनिक गरिएको मतपरिणाममा समेत आफूहरुको विवरण समावेश नभएको दाबी उनीहरुको छ ।उनीहरुले महाधिवेशन निर्वाचन प्रक्रिया, उम्मेदवार व्यवस्थापन र सूचना प्रवाहमा कमजोरी भएको भन्दै त्यसको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports