नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भेनेजुएलाको भुक्मपमा निधन हुनेको संख्या हाल सम्म १८८ पुग्यो, अन्यको खोजतलास जारी

520
shares

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ । घटनामा ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ भने एक हजार ५०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प लगभग एकै समयमा आएका थिए । भूकम्पका कारण राजधानी क्षेत्र ग्रेटर काराकास र ला गुआइरा राज्यमा सबैभन्दा बढी क्षति पुगेको छ । अरागुआ, काराबोबो तथा अन्य राज्यहरू पनि प्रभावित भएका छन् ।

भूकम्पपछि हराइरहेका आफन्तको खोजीमा भेनेजुएलाभर परिवारजनले तस्बिरसहितका पोस्टर टाँस्न थालेका छन् । धेरैले हातैले तयार पारेका सूचीमार्फत पनि बेपत्ता व्यक्तिको जानकारी संकलन गरिरहेका छन् भने विदेशमा रहेका भेनेजुएलावासी पनि आफ्ना आफन्तसँग सम्पर्क गर्ने प्रयासमा छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन् । उनले अस्पताल र भत्किएका घरहरूको पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको विशेष कोष स्थापना गरिने जानकारी दिइन् । साथै, उक्त कार्यको अनुगमन गर्न अर्थ तथा वित्त मन्त्रालयलाई निर्देशन दिइएको छ ।भेनेजुएलाआमा राहत र उद्धारको लागि अमेरिकासहित युरोपका देशहरुले सहयोग गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports