सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजसम्म भएका भ्रष्टाचारका सबै काण्डमा राजनीति नेतृत्व नै संलग्न

871
shares

 

राज्यलाई दिशानिर्देशन गर्ने मुख्य शक्ति राजनीतिक दलको नेता र पार्टीको नेतृत्वगर्ने व्यक्तिहरु नै हुन् । जबसम्म राजनीतिक नेतृत्वमा जनताप्रति जिम्मेवारीको बोध हुँदैन तबसम्म अराजनीति निरंकुशता हावी नै रहन्छ । जवाफदेहिता शुन्य हुन्छ त्यसको प्रतिछायाँ राज्यका सबै निकायमा पर्दछ । भ्रष्ट गैरजिम्मेवारबाट राजनीति नेतृत्वकै कारण राज्यका सबै संरचनाहरु भ्रष्ट र गैरजिम्मेवार हुन पुग्छन् । कर्मचारीतन्त्र, प्रहरी प्रशासन, न्यायालय, व्यापारिक क्षेत्र, सेवा प्रदायक निकाय यसैबाट प्रभावित हुन्छन् । त्यसैलै गर्दा जनता सडकमा आउन बाध्य हुन्छन् वा बाध्य पारिन्छ । खराब राजनीतिक संस्कार र संस्कृति नै प्रभावित हुने भएकाले गर्दा त्यसले गैर राजनीतिक संस्कारको विकास हुने र त्यसले गैरजिम्मेवार र नैतिकविहिन राजनीतिक परिपार्टीको सामाजिक आर्थिक रुपान्तरण हुन नसकेको खण्डमा जस्तोसुकै राजनीतिक अवस्था भएपनि त्यसले जनताको हितमा काम गर्न सक्दैन । जबसम्म राजनीतिक दल र त्यसको नेतृत्व जवाफदेही र जनताप्रति जिम्मेवार हुन सक्दैन तबसम्म मुलुकले विकासको गति लिन सक्दैन ।
पछिल्लो समयमा राजनीतिक नेतृत्व र नेता तथा कार्यकर्ताहरुमा जिम्मेवारबोध हुन छाडेको छ । नेताहरु भ्रष्टाचारमा संलग्न हुँदै आएका भएपनि उनीहरुलाई बचाउनका लागि राजनीतिक नेतृत्व र राज्य संरचना नै सक्रिय भएको अवस्था पछिल्लो समयमा देखिएको छ । जो भ्रष्टाचार संलग्न भएका छन् उनीहरुलाई जनताले मान सम्मान दिनुपर्ने र उनीहरुलाई नै नेता भनिदिनुपर्ने अवस्था देखिएको छ । मुलुकमा भएका ठुला ठुला भ्रष्टाचारका काण्डमा तत्कालिन प्रधानमन्त्रीहरु, मन्त्रीहरु लगायत अन्य व्यक्ति संलग्न भएका समाचारहरु प्रकाशित र प्रसारित भएपनि उनीहरुमाथि राजनीतिक संरक्षण गरिएकोले कुनै कारबाही हुन सकेको छैन ।
मुलुकमा भएका ठुला ठुला भ्रष्टाचारका काण्डहरुमा ललिता निवास जग्गा काण्ड, काभ्रेको पतञ्जलीलाई जग्गा खरिद र विक्रि गर्न दिने काण्ड, बाँसबारी छाला तथा जुत्ता काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडवडी जहाज काण्ड, बालमन्दिरको जग्गा काण्ड, ओम्नी काण्डलगायत अहिले भिजिट भिसा काण्ड सतहमा आएको छ । यी सबै काण्डमा राजनीतिज्ञहरुको संलग्नता रहेको प्रष्ट भैसकेको छ । भिजिट भिसा काण्ड अहिले मात्र नभएर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठका पालामा पनि सतहमा आएको थियो । त्यसपछि गृहमन्त्री बनेका रवि लामिछानेका पालमा समेत त्यस विषयले प्राथमिकता पाएकै थियो । अहिले रमेश लेखक गृहमन्त्री रहेका बेला उक्त काण्डको भण्डाफोर भएको छ । यसरी काण्ड काण्डमा पूर्व र वर्तमान गृहमन्त्रीहरु संलग्न हुँदै आएका हु्नाले अब यस विषयमा उच्चस्तरीय अनुसन्धान आयोग गठन गरी दोषी देखिएका व्यक्तिहरु जो सुकै भएपनि उनीहरुमाथि कानुनी कारबाही हुनु आवश्यक रहेको छ ।
ललिता निवास जग्गा काण्डमा तत्कालिन प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई समेत संलग्न रहेका र अहिले उनीहरु दुवै आ आफ्नो पार्टीका अध्यक्ष रहेकाले गर्दा राजनीतिक फाइदाका लागि उनीहरुमाथि कानुनी कारबाही हुन सकेको छैन । त्यसैले उनीहरुले जनतालाई अर्ति दिँदै हिडेका छन् । भ्रष्टाचारको आरोप लागेका व्यक्रिहरुले त्यो आरोपबाट सफाई नपाउन्जेल राजनीति दलको महत्वपूर्ण पदमा बस्न नपाउने व्यवस्था गरिनुपर्ने आवश्यकता अहिले देखिएको छ । राजनीतिक फाइदाका लागि दलहरुले भ्रष्ट व्यक्तिलाई बचाउने र त्यस्ता व्यक्तिलाई कानुनी दायरामा नल्याउने गरेका हुनाले नै राजनीतिक दलहरुप्रति जनताको विश्वास घट्दै गएको र जनतामा निराशा बढेको अहिले प्रष्ट रुपमै देखिएको छ ।
जबसम्म पानीको मुहान सफा हुँदैन तबसम्म धारामा आउनेपानी सफा हुन सक्दैन वा आउँदैन त्यसैले दलका नेताहरु चरित्रहीन् र भ्रष्टाचारमा संलगन भएका व्यक्तिहरु नै नेतृत्वमा रहने हो भने त्यस्तो राजनतिक दललाई जनताले नै अस्व्ीकार गरी नेतृत्वलाई अस्वीकार गर्न सक्नुपर्दछ । आफू भ्रष्टाचारमा संलग्न भएका समाचारहरु प्रकाशित र प्रसारित भएपछि त्यसको सत्यतथ्य बाहिर नआउन्जेल नेतृत्वले नेतृत्व छाड्नु पर्दछ । अहिले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा काण्ड लागेको छ । मन्त्रीले आफ्नो नेतृत्व गरेको मन्त्रालयका कर्मचारीको जिम्मेवारी नलिने अभिव्यक्ति दिनु र आफ्ना निजी सचिवालयका कर्मचारीहरुको समेत जिम्मेवारी लिन नसक्ने अभिव्यक्ति दिनु किमार्थ उचित हुन सक्दैन । त्यसैले सो आरोपको अनुसन्धानका लागि पद त्याग गरेर अनुसन्धानलाई सघाउनुपर्ने दायित्व मन्त्री लेखकको हो भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports