सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल अर्को परिवर्तनको मोडमा पुग्यो

676
shares

 

राजन कार्की
सांस्कृतिक क्रान्ति गरेर १९६० को दशकमा शिखरमा पुगेका नेता माओत्सेतुंगको एकतन्त्रबाद अन्ततः जनताका सामु घुँडा टेकेर झुक्यो । माओ विवेकी थिए यसकारण उनले जनताका सामु घुँडा टेकेर माफी मागेका थिए । जनताका सामु झुक्ने कहिल्यै सानो हुँुदैनन् । इन्ड अफ दी हिस्टी एण्ड लास्ट किंग जुन नेताले पढेन, उ अबुझ हो । विवेकहीनलाई सुझाव र भैंसीलाई विणा उस्तै उस्तै हो ।
जनताका सामु झुकेकैले माओ पुजनीय बने । चीनका माओ र नेपालका महेन्द्रको मित्रता आज पनि ग्रेट हल अफ दि चाइनामा सबुत प्रमाणका रुपमा सम्मानित टाँगिएको छ । यो कुरा नेपालका वामपन्थीले कहिल्यै बुझेनन् ।
एकपल्ट त माओले भनेका पनि थिए, म के कम्युनिष्ट, असली व्यवहारमा त नेपालका राजा पो कम्युनिष्ट भनेका थिए । ती तिनै माओ थिए, जसले राजा महेन्द्रले दिएको टोपीलाई ससम्मान लगाएका थिए ।
ती माओवादी नेपालको सत्तामा छन् । पहिले मनमोहन अधिकारी थिए, उनको साख आज पनि जनतामा परेको छ । जनयुद्ध र जनआन्दोलनपछिका कम्युनिष्टहरु जनताका आँखामा परेका कसिंगर हुन् । सत्य के हो भने १८ वर्षको शासनकाल चटकेको जस्तो देखियो । लोकतन्त्रमा चटक देखाएर जनतालाई सधैं मूर्ख बनाउन सकिन्न । चटक हेर्दाहेर्दा परिवर्तनले उत्साहित लोकको उत्साह नेताहरूले सत्ताको पोखरीमा डुबुल्की मारेको देखेर समाप्त भइसकेको छ । नेता र पार्टीहरूको रिसोर्ट र रङ्गीन जीवनशैली, आमनागरिकमाथिको अन्यायले नागरिकमा आक्रोश बढ्दै गएको छ । पार्टीवालाहरू राजस्व लुटिरहने, भुइँमान्छे नाना, खाना र छानाको खोजीमा विदेश विदेश भौंतारिनुपर्ने कारणले नेतातन्त्र ‘सराप’ सिद्ध हुँदैगयो । न ‘बुद्ध शान्ति’ आयो, न लि क्वान यु समृद्धि ? मात्र अपराध मौलायो । अपराधको दुर्गन्ध अर्थात् लोकतन्त्रको गर्भगृहबाट इदिअमिन, ख्रुश्चेव वा चाउचेस्कुको अवतार जन्मियो । भ्रष्टाचार साह्रै गनायो ।
भ्रष्टाचारकै कारण नेपाल ग्रे लिष्टमा समेत परेको छ ।
१६९८ मा बिनाअपराध पाटका राजा भीम मल्ल मारिएपछि उनकी सतीले दिएको सरापबाट अझै नेपाली माटो मुक्त भइसकेको रहेनछ । त्यतिबेला ६ प्रधान थिए, जसको षडयन्त्रको कोपभाजनमा राजा भीम मल्लले मारिनुप¥यो ।
वर्तमान कालखण्डमा ३ ठूला दल र ३ नेता छन्, जसको कोपभाजनमा राजतन्त्र र हिन्दुराष्ट्र समाप्त पारियो । भ्रष्टाचार र अपराधका कारण देश असफल हुनपुगेको छ ।
यथार्थमा मुलुक १९७५ को सिक्किमभन्दा पनि खतरनाक मोडमा पुगिसकेको छ । त्यो मोड युक्रेन हो । युक्रेनको नियतिबाट बचाउने राजनेता वर्तमान नेपालको आवश्यकता हो । यही आवश्यकताको संचेतना हो हर्क राई, बालेन्द्र साह र गोपाल हमालहरू । र, अहिले भइरहेको सडक आन्दोलन ।
नेपाल बनाउने, न्यायपूर्ण नेपाल बनाउने, समानतापूर्ण नेपाल निर्माण गर्ने खाका कतैबाट आएन । अन्याय, अत्याचार, हिंसा, बलात्कार, हत्या, भ्रष्टाचार समाचारदेखि महालेखाको रिपोर्टसम्ममा उल्लेख भयो तर अदालतमा समेत राजनीतिकरण भएपछि कसैमाथि कारवाही भएन । शासन सत्तामा अपराधकिो बोलवाला बढेको छ ।
२०६३ मा राजतन्त्रलाई पराजीत गरेर सत्तासीन बन्न सफल भएका नेपोलियनहरू ०८२ मा आइपुग्दा जनताको नजरमा आलोचित छन् । इतिहास साक्षी छ– नेपोलियन आफ्नै अहंकार र बढी आत्मविश्वासका कारणले वाटर लूको युध्दमा पराजीत हुनुप¥यो । उनी वीर थिए, उनले वीरताको सम्मान त पाए तर उनी सेन्ट हेलेनाको टापुको खोरमा खुम्चिनुप¥यो । नेपोलियनले सेन्ट हेलेनाको टापुमा बन्दी जीवन बिताउनु परेपछि छोरालाई चिठी लेखे ः छोरा, समयलाई चिनेर अघि बढ्नु । मेरा पालामा बन्दूकले सबैलाई बसमा राख्न सकिन्थ्यो । अब समय परिवर्तन भएको छ । तिमीले मानिसको मन, बिचार र भावनालाई परिवर्तन गरेर उनीहरूलाई बसमा पार्ने प्रयास गर्नु ।
लोकतान्त्रिक गणतन्त्रका अगुवाहरु जनताको विचार र भावनामाथि बाहुबली दमन गरेर अघि बढिरहेका छ्न ।
दमनकारीबारे इतिहासकार भन्छन् ः जनतामाथि निरंकूशता लाद्ने खु्रस्चेवलाई जनताले नून खानीमा लखेटे । महासर्वसत्तावादी स्टालीन आफ्ना तीनजना अति विश्वासपात्रको हातबाट मारिनुप¥यो । मानवताको इतिहासमा कलंकित व्यक्तित्व हिटलरले आत्महत्या गर्नुप¥यो । विरोधीको टाउको काटेर फुटबल खेल्ने र विरोधीको मुटु कलेजोको भुटुवा स्वाद मानीमानी खाने इदी अमीन अन्ततः जनताव्दारा जंगल भाग्नुप¥यो । रोमनियाका चाउचेस्कु अर्का उदाहरण हुन्, जसको दरवारमा बाथरूमको पाइनसमेत सूनको थियो । त्यस्ता धनाध्ये, सौखिन, सामन्तलाई जनताले दरवारको बार्दलीबाटै फ्याँकीदिए । जनविश्वासमाथि घात, जनतामाथि शोषण र अतिसार जनताका लागि पाच्य हुँदैन भन्ने यी उदाहरण हुन् यी । हाम्रा नेताहरू भयभित छैनन् । आफ्ना लागि चिहान खनिरहेका छन्, सत्य यही हो ।
नेतृत्वमा चरित्र, सिद्धान्त, नीति, नैतिकता हो । यी सबै बुँदामा नेतृत्व चुकेको छ । नेतृत्व चुक्दा लोकतान्त्रिक गणतन्त्र नेतातन्त्रमा बरालिन पुग्यो । १८ वर्षमा नागरिक बालिग हुन्छन् । लोकतन्त्र पनि बालिग हुनुपर्ने हो । नेतृत्वले गणतन्त्रलाई बाँदरले नरिवल खेलाएझैं खेलाए । २०६३ सालको जनआन्दोलन, जनयुद्धको चमक खुइलियो । प्रत्येक नेता जनताको नजरको कसीमा घृणायोग्य बन्न पुगेका छन् ।
केही स्वतन्त्र उमेदवारले जितेका थिए, तिनले जनताको मन जित्ने प्रयास पनि गरेका हुन् । स्वतन्त्र उमेदवारलाई जसरी पनि राजनीतिक प्रतिस्पर्धाबाट हटाउनुपर्छ भन्ने मानसिकता बोकेका ठूला प्रजातान्त्रिक, लोकतान्त्रिक भनिएका कांग्रेस, माओवादी, एमालेले संविधानको दायरामा रहँदा पनि दिनुसम्मको झण्झट झमेला दिइरहेका छन् ।
राजनीतिक दल र नेताहरुले स्वार्थका लागि सिद्धान्त छाड्ने, लाभका लागि देशघात, जनघात गर्ने हो क्रम रोकिएन । जनताको आवाज, अपेक्षा सुन्न कुनै नेता वा दल तैयार भएनन् । यसको परिणति जनयुद्धको लक्ष्य, २०६३ को जनआन्दोलनको उद्देश्य, २०६५ को गणतन्त्रको भविष्य ०८२ साल आइपुग्दा ल्हासा हिडेको कुतीको बाटो हुनपुगेको छ । शान्ति, समानता र प्रगतिका जनअपेक्षा कता हरायो, हरायो ।
देखिनुपर्ने उत्साह थियो, देखियो नैरास्यता । भेटिनुपर्ने विकास थियो, नेता र तिनका कार्यकर्ताको मात्र अनुहार फेरियो । प्रतिक्षारत जनतालाई केही दिन सकेन । राष्ट्रिय नीति र जीवनलाई झन झन कमजोर पार्दै लग्यो । उत्तरी क्षिमेकी सशंकित भएर सशक्त हुँदै छिरेको छ, दक्षिणको छिमेकी कालापानी, लिपुलेकसमेत खाइसकेर युक्रेन बनादेंगे भनेर छिरेको छ । भूपरिबेष्ठित नेपाल भूराजनीतिक द्वन्द्वमा फस्दै असंलग्नबाट युक्रेनको पक्षमा उभिन पुग्यो । आफ्नो कूटनीतिक ओजन आफै घटायो । जो युक्रेनको पक्षमा खडा हुन्छ, ऊ रूसको शत्रुराष्ट्र हो भन्ने रूसको भनाइमा नेपाल चीनको पनि शत्रुराष्ट्र बन्न पुग्यो । असंलग्नतामा नेपाल रहेन ।
नेपाल परजीवी नियति भोग्नका लागि अभिशप्त हुँदैछ ।
बागमती महामारी किटाणु बोकेर बग्न बाध्य भएझैं लोकतन्त्र स्वर्ग हो, राजनीतिका बेइमान खेलाडीहरूले लोकतन्त्रलाई असफल बनाइदिए । महगो मूल्य चुकाउन देश र जनता बाध्य पारिएका छन् । गणतन्त्र भार भयो ।
योगी नरहरिनाथले भनेका थिए– छाता आफै ओढुनुपर्छ, अर्कोलाई दियो भने उसैले ओढ्छ । राजा ज्ञानेन्द्रले छाता छोड्दा नेताहरूले ओढे । नेताहरूले माल पाएर चाल पाएनन्, ओढ्न सकेनन्, दिल्लीलाई दिए, उसैले ओढ्यो । संविधान जारी भएपछि र पछिल्ला घटनाक्रमले त नेपालको छाता पश्चिमाले ओढ्न थालेका छन् । नेता लोकतन्त्र बाँदरले नरिवल समातेजसरी समातेर बसेका छन् । जनता लोकतन्त्र कौवालाई बेल पाकेजस्तो हेरेर बसेका छन् । देश भ्रष्टहरुका लागि लखनौं लूटको अखडा बन्नपुग्यो ।
देशको भाग्य र भविष्य परिवर्तन गर्ने ली क्वान युजस्ता बलियो देशभक्ति भएका नेताहरू जन्मिएको देख्न पाइएन । जो जन्मिए, बाहुबली, भ्रष्टबली, नैतिकहीन, लोकलज्जा नभएकामात्र जन्मिए । राजकाजमा तिनकै रजगज छ । जनआन्दोलनमा जनताको जुन उत्साह थियो, त्यो कसरी मरिसकेछ भन्ने नतिजा अहिले सडकमा भइरहेको थरि थरिका आन्दोलन हो ।
मिसन ०८४ भनिएको छ, व्यवस्था फेरिएन भने यो मिसन ०८४ मा धेरै स्वतन्त्र, युवाहरुले चुनाव जित्नेछन् । यद्यपि प्रजातन्त्र फालिने छैन, संघीयता र गणतन्त्र पाखा लगाउन जनताले शक्ति देखाइरहेका छन् । भ्रष्ट शक्ति र जनशक्तिको शक्ति परीक्षण भइरहेको सडकमा देख्न सकिन्छ । नेपाल परिवर्तनको मोडमा पुग्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports