सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपाल बारे गगन थापाले भने, अदालतलाई विश्वास गरौ

494
shares

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अदाललताई विश्वास गर्न आग्रह गरेका छन् । माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विषयमा उनले यस्तो बताएका हुन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सरकारले प्रतिसोध साँध्न थालेको हो ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले अदालतमाथि विश्वास गर्नुपर्ने बताए ।‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर अदालतमा अभियोजन गरेको छ, त्यसैले अब अदालतमाथि विश्वास गरौं, अदालतले कुनैपनि निर्दाेषमाथि अन्याय हुन दिँदैन,’ उनले भने, ‘कोही दोषी छ भने अदालतले त्यहीँ अनुसार आफ्नो फैसला सुनाउँछ भन्ने विश्वास गरौं ।’

अदालतमा गइसकेका विषयमा थप टिप्पणी गर्न उपयुक्त नुहने बताउँदै उनले उक्त विषय अदालतले नै निरुपण गर्ने बताए ।उनले गृहमन्त्री रमेश लेखकको विषयमा राजीनामा माग गर्ने कुरा नरहेको बताए । भिजिट भिसा प्रकरणको अनुसन्धान अख्तियारबाट सुरु भएको बताउँदै उनले अनुसन्धानको प्रकृया अघि बढाएको अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने बताए ।‘अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिऔं, अनुसन्धान टुंगिएपछि यो प्रकरणको सन्धर्वमा थुप्रै काम गर्नुपर्ने छ,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई कतैबाट प्रभावित पार्न नहुने उनले बताए । ‘यो अनुसन्धान टुंगिन दिनु, अनुसन्धान टुंगिएपछि दूधको दूध पानीको पानी होला,’ उनले भने,‘ त्यसपछि संसदबाट जे गर्नुपर्ने हो त्यो गरौंला ।’सरकार जुन गतिमा चल्नुपर्ने हो, त्यो गतिमा चल्न नसकेको उनले बताए । ‘स्वयं हाम्रो सभापतिले भन्नुभएको छ, सरकार जुन गतिमा चल्नुपर्ने हो जसरी परिणाम दिनुपर्ने दिन सकेको छैन, यसमा गम्भीर समीक्षाको आवश्यकता छ,’ उनले भने, ‘नेतृत्वमा तहमा बसेर केहीदिनयता हामी अवनवरत रुपमा छलफलमा छौं ।’

सरकारलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गर्ने उनले बताए । ‘जसरी सरकार चल्नु पर्ने त्यसरी सरकार चलिरहेको छैन भन्ने कुरा हामी सबैलाई बोध भएकै छ,’ उनले भने, ‘हामी यसलाई सुधार गर्न चाहन्छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports