प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्टाचार मुद्धा लागेका पूर्वमन्त्री मोहन बस्नेत विशेष अदालतमा उपस्थित, आजै बयान लिईने

806
shares

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्।

उनको अहिले बयान लिने काम भइरहेको अदालत प्रशासनले जानकारी दिएको छ।उनको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेको छ। बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ।सिन्धुपाल्चोकका निर्वाचित सांसद समेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने मन्त्रिपरिषद्मा मात्र निहित अधिकारको अपव्याख्या गरी ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण र प्रणाली सञ्चालन गर्न निर्देशन दिएको अख्तियारको आरोप छ।टेरामक्सका लागि परामर्शदाताको मुख्य काम डिजाइन, डेभलप, सप्लाई, सफ्टवेयरको स्थापना लगायतका कुनै कार्य नगरी सामान आपूर्ति गरेबापत १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो।भुक्तानी भएको रकमको अतिरिक्त सम्झौताबमोजिम दायित्व सिर्जना भएको थप रकम पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई हानी नोक्सानी भएको अख्तियारको अनुसन्धानले देखाएको छ।यस प्रकरणमा १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ।

यस प्रकरणका अन्य अभियुक्तहरू प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, नेपाल सरकारका पूर्वकानुनमन्त्री धनराज ज्ञवाली, प्राधिकरणका सञ्चालक समिति सदस्य टीकाप्रसाद उप्रेती लगायत छन्।यस्तै प्राधिकरणका निर्देशकहरू विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दीपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीपकुमार गुरुङ र तेजप्रसाद खरेल पनि यस मुद्दाका अभियुक्त हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports