प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उत्तरकोरिया सँग ११ गोल खाँदै समूह चरणबाटै बाहिरियो नेपाल

1.03K
shares

काठमाडौँ – तीन पटकको विश्व विजेता तथा २ पटकको एसियन च्याम्पियन उत्तर कोरियासँग ११-० को हार व्यहोर्दै नेपाल समूहचरणबाटै बाहिरिएको छ।

यू-२० एएफसी एसियनकप छनोटअन्तर्गत भुटानको चामलिमिथाङ मैदानमा आइतबार सम्पन्न खेलमा पहिलो हाफमा ५ गोल खाएको नेपालले दोस्रो हापमा ६ गोल खान पुगेको थियो।पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले हराएको थियो भने दोस्रो खेलमा भुटानमाथि १०-० को जित निकालेको थियो।

नेपाललाई ११-० ले हराएसँगै कोरियाले प्रतियोगितामा ३६ गोल गर्दा एक गोल पनि खाएन। उसले तीन खेलबाट ९ अङ्क बनाएर शीर्ष स्थानमा रहँदै एसियाकपमा स्थान बनायो।नेपाल भने पहिलो खेलमा भुटानसँग अप्रत्यासित रुपमा १-१ को बराबरीमा रोकिँदा दोस्रो खेलमा साउदीलाई १-० ले पराजित गरेको थियो। यो खेलमा नेपाललाई जित्नै पर्ने दबाब थियो। तर, फराकिलो हारपछि नेपालको उत्कृष्ट उपविजेता बन्दै एसियाकप पुग्ने लक्ष्य पूरा भएन।

एसिया कपमा समूह विजेता टिम छनोट हुँदा उत्कृष्ट दोस्रो हुने ३ टिमले पनि एसिया कपमा छनोटमा स्थान बनाउने भएकाले नेपाल कम्तिमा उत्कृष्ट उपविजेताको लक्ष्यमा रहेको थियो। तर, समूह ‘ए’ मा नेपाल भुटानभन्दा कमजोर देखियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports