सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका पाँच जना पक्राउ

741
shares

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेको भन्दै त्यसको विरोधमा उत्रिएका पाँच जना पक्राउ परेका छन् । शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँचजना पक्राउ परेका हुन् । उनीहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक रुपमा विरोधमा उत्रिएका थिए ।प्रहरीका अनुसार पक्राउ पर्नेमा ‘युथ कंग्रेस नेपाल’का महामन्त्री प्रभातकुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजनराज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् ।

सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको उनीहरुले बताएका छन् । संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports