सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी पुस्ताको बिद्रोह, बिध्वंशपछि निर्माण होला ?

1.07K
shares

 

जेनजी बिद्रोह र राजनीतिक परदृश्यको परिवर्तनले नेपाल भूराजनीतिको भूमरीमा फस्न पुगेको छ । किन सत्ताधारी, राजनीतिक र नागरिक समाजले समेत चालै नपाइकन यस प्रकारको जेनजी सुनामी आयो कि नेपाललाई लथालिङ्ग बनाएको छ ।
हुन त ऐतिहासिक, पुरातात्वीक, सांस्कृतिक सम्पदाहरु क्षतबिक्षत भएको छ । सबैभन्दा ठूलो परिवर्तन भनेको किलो गाडेर बसेको लोकतान्त्रिक गणतन्त्रको भ्रष्टाचार महललाई बालुवाको महल बनाएर ढालिदिएको छ । यसकारण नेपालको जीनजी पुस्ताको बिद्रोह विश्व समाचार बन्यो ।
सध्रैं विश्वका र छिमेकी मुलुकका परिवर्तनको हावाले नेपाललाई गाँज्ने । प्रभावित पार्ने गरेको थियो । भदौ २३ र २४ को जेनजी पुस्ताको विद्रोह र २७ गतेको संविधान विपरितको अन्तरिम सरकार, संसद बिघटनले नेपाल शून्यतामा पुगेको छ । हुन त मंसिर २१ गते नयाँ निर्वाचन भनिएको छ । यसका लागि अध्यादेशमार्फत जेनजी पुस्तालाई समेट्न मतदाता नामावली सच्याउने काम सुरु भइसकेको छ । तर प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतिको निर्वाचन कि पुरानै ढर्राको निर्वाचन ? स्पष्ट भइसकेको छैन ।
निर्वाचन हुन्छ नै भन्ने प्रष्ट छैन । किनकि खाइपाइआएका र जुकाझैं ढाडिएका तत्वहरु भित्रभित्रै सलबलाउन थालिसकेका छन् । घटनाक्रमले देखाएको छ– जेनजी पुस्ताले सत्ता हाँक्न सकेन । जेनजी पुस्ता बिभाजित हुनपुग्यो । जेनजी पुस्ताका प्रारम्भिक मागहरु पूरा गरिएका छैनन् । जेनजी पुस्ताको बिद्रोहको उपलब्धि हाइज्याक भइसकेका छन् ।
ज्यान दिएर, घाइते भएर, सकस बेहोरेर बिद्रोह गर्ने जेनजी पुस्ता । परिवर्तनको नेतृत्व गर्ने २८ वर्षभन्दा माथिका ७३ वर्षसम्मका व्यक्तिहरु । यसकारण सुशासन आउँछ, भ्रष्टहरुमाथि कारवाही हुन्छ भन्ने विश्वास पातलिन थालेको छ । हुन त गौरी बहादुर कार्कीजस्ता खरा व्यक्तिको नेतृत्वमा ०४६ सालपछिका सबै भ्रष्टाचारका फाइलहरु छानबिन सुरु भइसकेका छन् । प्रश्न छ– प्रतिवेदन आउला, कारवाही होला कि नहोला ? यसपूर्व पनि अनेक आयोगहरु बने, प्रतिवेदन आए, प्रतिवेदन सार्वजनिकसम्म भएन ।
आशा चाहिं छ । बुढापुरानाले सत्ता हाँके पनि उनीहरुले जेनजी पुस्ताको एजेण्डामा टेकेर काम गर्ने बताएका छन् । यति ठूलो परिवर्तनका विषयमा अनेक तर्क बितर्क सुरु भएका छन् र खासगरी दुई क्षिमेकी, पश्चिमाहरु गजबैले सकृय हुनथालेका छन् ।
विश्वशक्तिको नेपाल प्रवेशसँगै नेपाल भूराजनीतिको भूमरीमा फस्न पुगेको हो । त्यसै पनि नेपाल चीन र भारतजस्ता ठूला दुई ढुङ्गाको तरुलजस्तो थियो । त्यसमाथि पश्चिमा, युरोपियन र रुसले समेत नेपालको अर्थपूर्ण रणनीतिक भूमिमा आफ्नो चासो र चाख देखाएपछि नेपाल भूराजनीतिको जञ्जालमा फस्न पुगेको हो । विश्वशक्तिको प्रवेशसँगै नेपाल अब तरुलको रुपमा रहेन, नेपालको सार्वभौमिकता कति बलियो ? भन्ने प्रश्नसमेत उठ्न थालेको छ । विश्लेषकहरुले त १८१६ मा सुगौली सन्धि गरेपछि नै नेपालको सार्वभौमिकतामा प्रश्न उठेको हो भन्छन् । नेपालले इतिहासम अनेक सहयोग गरेको चीनले न त सुगौली सन्धिमा नेपाललाई सघायो, न त चुच्चे नक्साका विषयमा चीनले नेपालको पक्षमा बोल्यो । चीनले सिक्किमलाई २५ वर्षपछि मान्यता दिएर भारतलाई खुशी बनायो । कतै नेपाल पनि चीन र भारतले बाँडीचुँडी गर्ने त होइनन् भन्ने प्रश्न उठेको छ । त्यसो त, भारतसँग मिलेर कालापानी, लिपुलेक, लिम्पियाधुरामा राजमार्ग निर्माण गर्ने, व्यापार र पर्यटन विकास गर्ने समेतमा सहमति गरेका छन् । नेपालको भूमिका विषयमा नेपाललाई दुबै मुलुकले बेवास्ता गर्नु गम्भीर विषय बनेको छ ।
नेपालीले बुझ्न जरुरी विषय हो यो ।
नेपालको नीति थियो– असंलग्न परराष्ट्रनीति । पञ्चशीलको सिद्धान्तमा अडेको । विश्वशक्ति र छिमेकी शक्तिका वीच सन्तुलन कायम गर्न नसक्दा नेपालको परम्परागत नीति पानीजहाजको जस्तो ढलपल ढलपल अवस्थामा पुगिसकेको छ । नेपालका शासकहरु नेपालमै उभिएका छन् कि अन्यत्र उभिएर नेपाली राजनीतिका छायाँचित्र मात्र हुन् ?
खासगरी नेपालको राष्ट्रिय नीति छैन, राष्ट्रिय पार्टीहरुवीच मतैक्य छैन । जब राष्ट्रिय नीतिमा एकमत हुँदैन, राष्ट्र एक ढिक्का रहनसक्दैन । त्यसैको प्रतिफल साइड इफेक्टको मारमा राष्ट्र पर्न पुग्छ । यतिबेला नेपालको अवस्था क्रोनिक बन्दै गएको छ । सहमति, सहकार्य र संवादको तार चुँडिदा समस्यामाथि समस्या थपिदो छ ।
नेपाललाई यो भूमरीबाट बचाउन परिपक्व राजनीति र कूटनीतिको आवश्यक थियो, जुन देखिएन । जो थिङ्क टेंक छन्, तिनीहरु दोधारे बनेका छन् । सही र विवेकपूर्ण आवाज उठाइरहेका छैनन् । यसको कारण नेपाल अनियमितता, भ्रष्टाचार, अपराधिकरणमा जेलान पुग्यो । फलनः जेनजी बिद्रोहको आगो दन्किएको हो ।
भारत रुसबाट लाभ लिने र अमेरिकालाई चकमा दिने गरिरहेको थियो । अमेरिकाले कडा नीति अपनाउँदा भारत चीनतिर लहसियो । भारत, चीन, रुस जति शक्तिशाली बन्दै गए, यसैको कारण अमेरिका बंगलादेशमा सैनिक बेश क्याम्प बनाउन पुग्यो । अफगानिस्तानको बेश क्याम्प फिर्ता मागिरहेको छ । नेपाल उर्बर भूमि बनिसकेको देखिन्छ । नेपालमा स्वार्थ र भ्रष्टाचारको राजनीतिले विश्वशक्तिको रणनीतिक मैदान बनेको छ । नेपालको कूटनीति अन्यौलपूर्ण बन्दै गएको छ । देशको अस्तित्व जोखिममा पर्दै गएको अनुभूति गर्न सकिन्छ ।
विश्वमा पटक पटक देखिएको छ, जसले भू–राजनीतिमा सन्तुलन कायम गर्न सक्दैन, त्यो राष्ट्र भयावह समस्यामा पर्ने गरेको छ । नेपालका नेताहरुमा सत्ताको अहंकार र विदेशीको लहैलहैमा लागेर आफ्नो स्थापित मान्यता र नीतिमा अडिन नसक्दा नेपाल भूराजनीतिको भूमरीमा परेको हो ।
१९९० मा जस्तो विश्वपरिस्थिति छैन अहिले । त्यो दशकपछि चीन असंलग्न रहेन । चीन आफ्नो व्यापार र प्रभाव बिस्तार गर्न बीआरआई नीति च्यापेको मात्र छैन, अमेरिका विरुद्धको मोर्चामा भारत, रुस र नर्थ कोरिया, पाकिस्तानसँग उभिएको छ । अमेरिकामा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरुभएपछि व्यापार युद्ध नै सुरु भइसकेको छ । यो युद्ध समाप्तिको दिशामा गएन, सहमति हुनसकेन भने पर्यवेक्षकहरु तेस्रो विश्वयुद्धको खतरा देखिन थालेको समेत बताइरहेका छन् ।
राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन, बिमिस्टेक सबैतिरबाट हात झिक्दै छन् भने युएसआईडीलाई खारेज गरेर नयाँ नीति ल्याउँदैछन् । अमेरिकाको पैसा खाएर अमेरिकाको अहित गर्नेहरुको ओठमुख सुकाइदिएका छन् ट्रम्पले । ट्रम्प मेक अमेरिका ग्रेट अगेनका लागि जस्तोसुकै निर्णय गर्न पनि कस्सिएर लागेको देखिन्छ ।
नेपालको असंलग्न नीति र परिपक्व कूटनीतिकै कारण २०१७ सालको परिवर्तन सम्भव भयो, राजतन्त्र जाज्वल्यमान भयो । राजा महेन्द्रले महेन्द्र राजमार्ग र धेरै उद्योगकहरुमा रुस, चीन, भारत, अमेरिकाजस्ता शक्तिहरुलाई नेपालको हितमा उतारेकै हुन् । भ्रष्टाचार र असंलग्नताबाट तलबितल भएकै कारण दुई तिहाईको कांग्रेसको सरकार त्यतिबेला राजाबाट अपदस्त हुनपुगेका मात्र होइन, आमनागरिकले राजाकै जयजयकार गर्न पुगेका थिए ।
बहुदलवादी र लोकतन्त्रवादीका लागि पनि त्यो अवसर थियो । बहुदलवादीले ०४६ पछि अवसर गुमाए । लोकतन्त्रवादीले ०६३ पछि भ्रष्टाचारमा रमाए । नेपाल परजीवी बन्नपुग्यो । नजानिँदो तरिकाले परतन्त्रमा फसिसकेको छ ।
२०५८ सालमा दरवार हत्याकाण्ड हुँदा समेत चीनले बोलेन । २०६५ सालमा राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्दासमेत चीन बोलेन । राजतन्त्रको अन्तिम दिनहरुमा चीनले आफ्ना राजदूतलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ओहदाको प्रमाणपत्र बुझाउन लगायो । अब लिपुलेकमा भारतले राजमार्ग खोलेको र त्यही नेपाली भूमिबाट व्यापार गर्न सुरु गरेको छ । नेपालको गुनासो, कूटनीतिक नोटलाई भारत चीन दुबैले बेवास्ता गरेका छन् । यति नै बेला पश्चिमा नेपाल पसेको छ । अब विश्वशक्तिको मल्लयुद्धको अखडा नेपाल बनिसकेको छ । मकै पिस्ता घून पिसिनसक्छ । नेपाल कसरी बाँच्ने नेपाली हुँ भन्नेका लागि चिन्ताको विषय हो ।
भित्रभित्रै नेपाल असफल राष्ट्र भएको र सुरक्षा अवस्था बिग्रेकोमा सबैका चिन्ता छ । जेनजी बिद्रोहपछि त न राजनीति रह्यो, न कूटनीति । न व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका रह्यो, न कुनै नागरिक अगुवा अगाडि स¥यो । यो शून्यता कसरी परिपूर्ण हुनेछ, त्यो अचम्मलाग्दो विषय हो ।
राजतन्त्र गयो, बहुदल आयो, बहुदल गयो, गणतन्त्र आयो । गणतन्त्र पनि गयो, जेनजी बिद्रोह आयो । यो बिद्रोहले बिध्वंश बनाएको छ । अब निर्माण सुरु भएन भने नेपाल ऋणी थियो, मगन्ते हुनेछ । मगन्तेको के मान, के सम्मान ?
नेपाली वीर थिए, वीरले निर्माण गरेको देश हो यो । वीरताको गाथा छ, अब विवेक देखिने समय आयो । विवेकले नेपाल रहन्छ, विवेकहीनताले अस्तित्व मटियामेट हुनेछ ।
चेतना भया ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports