जेन–जीको प्रदर्शनमा डेन–डीहरुको आतंक ?
वि.सं.२०८२ असोज ९ बिहीवार ११:४९
shares

भाद्र २३ गते जेन–जीहरुले काठमाडौ लगायत मुलुकमा मुख्य मुख्य शहरमा विरोध प्रदर्शन गरेका थिए । जेन–जी भनेका सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ता हो । जेन–जी प्रर्दशन जायज थियो । तर प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि जेन–जीहरु आ आफ्नो घर गए तब डेन–जी सडकमा आए । डेन–जीलाई डेन्जर जेनेरेशन भनिन्छ । तर कतिपय मानिसले गलत उच्चारण गरेर जेड पनि भन्ने गरेको पाइन्छ । केही मतदाताको उमेर पुगेका केही केही बाँकी र केही दुई पटकसम्म मतदानमा सहभागि भै सकेका व्यक्तिहरु जेन–जी समूहमा रहेका छन् । यी समूहमा रहेका व्यक्तिहरुले कुन कुन नेताका घर जलाउने त्यो घरसम्म कसरी जाने भन्ने कसरी थाहा पाउँछन् ? कुन घर जलाउने कहाँ कसरी जलाउने, कसरी त्यो घरसम्म पुग्ने भनेर उनीहरुलाई कसरी थाहा हुन्छ ? भाद्र २३ गते सडकमा आएका व्यक्तिहरु वास्तविक जेन–जी थिए त ?
जेन–जीहरुको आन्दोलन सकिएपछि भाद्र २३ गते नै आन्दोलनमा घुसपैठ गर्न डेन–जी अर्थात डेन्जर जेनेरेशन सडकमा आए । त्यस्ता व्यक्तिहरुको विरोध सामाजिक सञ्जाल प्रतिबन्धको थियो । तर उनीहरुले सरकारलाई प्रश्न सोध्ने ठाउँ संसद भवन विरोध भ्रष्टाचारको थियो तर, जलाइयो । न्याय दिने सर्बोच्च अदालत । भ्रष्टाचार गर्नेहरुले आफ्ना फाइल अदालतमा रहेकाले अदालत जलाइयो । जनताको करले बनेका राज्यका अमूल्य सार्वजनिक संरचनाहरु जलाए । वडा देखि सिंहदरबार हुँदै सर्बोच्च अदालतसम्म जलाइयो । त्यो दिन नेपालको इतिहासमै कालो दिन बन्यो भाद्र २४ गते ।
जेन–जी आन्दोलनमाथि दमनको विरोधमा उत्रिएका भिडियो प्रति आभार प्रकट गर्नुको बदला आगो झोसियो आगो झोस्नेहरु जेन–जी नभएर सबै डेन–जी थिए । डेन–जी राज्यको दमन विरुद्ध फैसला सुनाउने र न्याय दिने अदालतपनि जलाउन पछि परेनन् । कतिले आगजनी गरे कतिले लुटपाट गरे । उमेरले आमा समानकी भएपनि आरजु राणालाई आमाचकरी गाली गर्नेहरु डेन–जी नै हुन् । हजुरवा सम्मका शेरबहादुर देउवालाई रगतले नुहाउने डेन–डी नै थिए । विभिन्न ठाउँमा आगजनी गर्नेहरु सबै डेन–डी नै थिए । विभिन्न व्यवसायमा लागेका व्यक्तिहरु चाहे कलाकार हुनर, चाहे सेलिब्रेटी चाहे रविको रुपमा आन्दोलनकारीलाई उत्तेजित पार्नेहरु डेन–जी नै हुन् । प्रहरीहरु ज्यान बचाउन खोलामा हाम फाल्दा समेत कुटपिट गर्नेहरु डेन–जी नै हुन् । यसरी डेन–जी आतंक यहि आन्दोलनको क्रममा देखियो । भाद्र २३ को विरोध प्रदर्शनमा भएको राज्य आतंकको पिडित भए इमान्दार जेन–जीहरु भाद्र २४ गते डेन–जी आतंकबाट समेत पिडित भए सही जेन–जीहरु ।
आन्दोलन पछि पनि डेन–डी आंकत रोकिएन । आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौबाट प्रदर्शन गर्न अनुमति लिने समूहको अनुहार यादव र गौतम थरका थिए तर वर्तमानमा भने सुदन गुरुङ पुगे । इमान्दर जेन–जीहरु कफ्र्युले गर्दा घरमै रहन बाध्य भएका थिए भने सेनासँग वार्ता गर्न डेन–डीहरु नै पुगे । उनीहरुले राष्ट्रपतिलाई आफूले भनेको नमान्दा थुतेर निकाल्ने सम्म भन्न भ्याए । यो शक्ति कहाँबाट आयो ? डेन–डी पात्रहरुले जेन–जीको आन्दोलनलाई यसरी तीन कोणबाट मजाक बनाएका छन् । पहिलो कुरा मैले म र मेरा केटाहरु भन्दै मुलुकभरका इमान्दार जेन–जीहरुको भावनामा ठेस पु¥याए । आन्दोलनलाई सडकमा नभएर एनजिओको जस्तो बनाए । जेन–जीको उमेर १३ देखि २८ वर्षले प्रश्न समेत गर्न पाएनन् । कतिपय व्यक्तिले विदेशी सेना आउने भन्दै हल्ला समेत चलाएर आ आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका थिए । त्यसैले इमान्दार जेन–जीहरुलाई डेन–डीहरुले दुरुपयोग गरे । संसद विघटन गर्ने मुद्दा जेन–जीको थिएन तर बुढा नेतालाई वाइबाई भने थियो तर ७३ वर्षकी हजुरआमालाई प्रधानमन्त्री बनाइयो भने ७३ वर्षकै हजुरबालाई प्रधानमन्त्रीबाट हटाइयो ।
संसद विघटन कुरा जेन–जीको थिएन उनीहरुले त सरकारको विरोध मात्र गरेका थिए । तर सेनासँग कुरा हुँदा संसद विघटनको कुरा निकालियो यो विषयमा जेन–जीहरुसँग कहिँ कतै कुरा भएन उनीहरुसँग कुनै सल्लाह समेत गरिएन यसरी डेन–डीहरु जेन–जीहरुलाई दुरुपयोग मात्र गरेनन् आफ्नो स्वार्थ पूरा गरे । डेन–डीको स्वार्थचाँहि ‘हामी नेपाली’ भन्ने संस्थासँग जोडियो । गत शुक्रबार प्रधानमन्त्री सपथ हुँदा हलमा हामी नेपाली समूह हाबी भएको थियो । समूहकै जर्सीमा थिए अनुहारहरु । हामी नेपालकै अगुवाइमा प्रधानमन्त्री बनेकी सुशिला कार्कीलाई इतिहासमै पहिलो पटक दलाई लामाको बधाई आयो । हामी नेपालले नेपालको एक चीन नीति विपरित स्वतन्त्र तिब्बत समूहबाट रकम लिएको खुलासा भयो । बद्नाम व्यावसायिक घरना साहिल अग्रवाल दिपक भट्ट पनि हामी नेपाली समूहसँग जोडिएको बेवसाइटमा देखिएकोले गर्दा अब उक्त समूहमाथि छानविन हुनुपर्दछ भन्ने हामी जोडदार माग गर्दछौँ ।
































