तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केकी अधिकारी र युगलको अनक्रीन रोमान्स अभिनित ‘सिंगौरी ४’ रिलिज

585
shares

गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि ‘सिंगौरी २’ निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो त्यसपछि ‘सिंगौरी ३’ हुदै अहिले ‘सिंगौरी ४’ निर्माण गरेका छन् । ‘सिंगौरी ४’ को कपिराइट्स भने निर्देशक युगल पोमो लिम्बुले खरिद गरि भिडियो निर्माण गरेका छ ।

करिब २०० भन्दा बढी म्युजिक भिडियो र एक फिल्म समेत निर्देशन गरिसकेका निर्देशक युगलले यसपाली भने निर्देशनको जिम्मा बरिस्ट नृत्य निर्देशक कमल राईलाइ सुम्पिदै आफु भने नायिका केकी अधिकारी संग अनक्रीन रोमान्स गरेका छन् ।त्रिकोणात्मक रोमान्समा आधारित उक्त भिडियोमा युगल र नायिका केकीको अलावा मोडेल ह्यारी योन्जनको पनि अभिनय रहेको छ । प्राकृतिक स्टुडियोको रुपमा कहलिएको भैसीपाटीको श्रीकाली चौरमा छायांकन गरिएको ‘सिंगौरी ४’ मा छिरिङ्ग शेर्पाको श्रंगार तथा केश विन्यास ,सुक्निता चौलागाइको ड्रेस ,सुमित गुरुङको कोरियोग्राफी , उत्सव दाहालको सिनेमाटोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ।

विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत , नविन राइ र सुनिता थेगिनको स्वर रहेको गीतलाई वाई के फिल्म्स को यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।म्युजिक भिडियोहरुमा अनयुजल कन्सेप्टहरु प्रस्तुत गर्दै आफ्नै छुटै पहिचान निर्माण गरेका निर्देशक युगल पोमो हाल हङकङमा पनि भीडीयो निर्देशनमा ब्यस्त छ पोमो लगायत सम्पूर्ण निर्माण टोली ‘सिंगौरी ४’ बाट निकै आशावादी रहेका छन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports