नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित

533
shares

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई अमेरिकाले १०६ रनले पराजित गरेको छ।अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै अलआउट भयो।लगातार विकेट गुमाएको नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ३७ रन जोडे। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्न सके। अर्का ओपनर कुशल भुर्तेल भने डकआउट भए। उनी नेपालको इनिङग्सको दोस्रो बलमै क्याच भएका थिए।

अन्तिमसम्म टिकेका दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे। दशौं विकेटको रुपमा आउट भएका दीपेन्द्रले ६० बल खेल्दा ३ चौका प्रहार गर्न सके।भीम सार्कीले २९ रनको योगदान दिए। भीमले ५० बलमा २ चौका र १ छक्का प्रहार गरे। भीम १५औं ओभरमा आउट भएपछिको अर्को ओभरमा आसिफ पेभिलियन फर्केका थिए। भीम र आसिफबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भयो।त्यसपछि रोहित पौडेल २ रन, आरिफ शेख २० र गुल्सन झा ३ रनमा आउट हुन पुगे। सोमपाल कामी ३६औं ओभरमा ११ रनमा आउट भएको दुई ओभरपछि करण केसी र सन्दीप लामिछाने लगातार आउट हुँदा कुनै रन जोड्न सकेनन्।

नेपालको ब्याटरलाई सस्तैमा पेभेलियन फर्काउने क्रममा बलिङमा अमेरिकाका हर्मित सिंहले ६ विकेट लिए। उनले ८.१ ओभरमा २७ रन मात्र दिए।त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो।अमेरिकाका लागि ओपनिङ ब्याटर स्मित पटेलले ७५ रन बनाए। ३३औं ओभरमा गुल्सन झाको थ्रोमा सोमपाल कामीबाट रनआउट हुनुअघि उनले १०० बल खेलेर ९ चौका प्रहार गरे।अर्का ओपनर आन्द्रेस गौसलाई आठौं ओभरमा करण केसीले भीम सार्कीबाट ११ रनमा क्याच गराए।

कप्तान मोनाक पटेललाई आरिफ शेखले १० रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा परेका थिए। सन्दीप लामिछानेले मुकामालालाई ४२ रनमा बोल्ड गरेका थिए।यस्तै शायन जाहानगिरलाई दीपेन्द्रसिंह ऐरीलाई ११ रनमा आउट गरे। यस्तै सन्दीप लामिछानले शुभम रन्जनीलाई १९ रनमा गुल्झन झाबाट क्याच गराए। नटआउट रहेका मिलिन्ड कुमारले ७० रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। हर्मित सिंहले ६ बलमा २ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए।

बलिङमा सन्दीपले २ विकेट लिए। उनले १० ओभरमा ५६ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिन सफल भए। करण केसीले सुरूवाती नौ ओभरको आफ्नो स्पेलमा २ मेडनसहित ३७ रन खर्चिए पनि अन्तिम ओभरमा २ छक्का र १ चौकासहित १९ रन खर्चिएका थिए।खेलमा नेपालले आठ बलर प्रयोग गर्‍यो। कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेख र भीम सार्कीबाहेक बाँकी खेलाडीले बलिङ गरेका थिए।

युएईमा नेपालले दुवै देशसँग २/२ खेल खेल्नेछ। नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ। त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।लिग-२ मा नेपालले आजको हारसँगै १७ खेल्दा १२ अंक जोडेको छ। आज जित निकालेको अमेरिका भने शीर्ष स्थानमा उक्लिएको छ। अमेरिकाले स्टकल्यान्डसँग समान अंक जोडेको हो। आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै दोस्रो स्थानमा छ। शीर्ष स्थानको अमेरिकाको २१ खेलबाट ३० अंक छ। अमेरिका बढि जित निकालेका कारण शीर्ष स्थानमा पुगेको हो।

नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ। १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports