प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पहिलो पटक एक दिवसिय महिला विश्वकप क्रिकेट जितेर भारतले बनायो किर्तिमान

845
shares

भारतले पहिलो पटक वुमन्स क्रिकेट विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ। मुम्बईमा आइतबार राति भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकलाई ५२ रनले हराएर भारतले इतिहास रचेको हो।पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रन जोडेको थियो। उसका लागि शाफली बर्माले ८७ रन र दिप्ती शर्माले ५८ रन बनाए।

२९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रनमा अलआउट भयो। उसका लागि कप्तान लाउराले १०१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा भारतकी दिप्तीले ५ विकेट लिइन्।भारतले दक्षिण अफ्रिकाविरुद्ध २९८ रन बनाउनु महिला विश्वकप फाइनलमा दोस्रो ठूलो योगफल हो। यसअघि २०२२ मा अस्ट्रेलियाले इङ्गल्यान्डविरुद्ध ३५६ रन बनाएको थियो।

भारत महिला विश्वकप जित्ने चौथो टोली बन्यो। यसअघि अस्ट्रेलियाले सात पटक, इङ्गल्यान्डले चार पटक र न्युजिल्यान्डले एक पटक यो उपाधि जितेका थिए। साथै भारत महिला विश्वकप जित्ने पहिलो एसियाली टोली समेत बन्न सफल भयो।

दीप्ति शर्माले विश्वकप फाइनलमा ५८ रन बनाउनुका साथै ३९ रन खर्चेर ५ विकेट लिइन्। उनी एकदिवसीय नकआउट खेल (पुरुष वा महिला) मा अर्धशतक र पाँच विकेट लिने पहिलो खेलाडी हुन्। साथै, उनी महिला विश्वकपको एउटै खेलमा अर्धशतक र पाँच विकेट लिने पनि पहिलो खेलाडी हुन्।

दीप्ति महिला विश्वकप फाइनलमा पाँच विकेट लिने दोस्रो खेलाडी हुन्। यसअघि २०१७ को फाइनलमा इङ्गल्यान्डकी अन्या श्रबसोलले भारतविरुद्ध ४६ रन खर्चेर ६ विकेट लिएकी थिइन्।

यस प्रतियोगितामा दीप्तिले २२ विकेट लिइन्, जुन महिला विश्वकपमा संयुक्त रूपमा दोस्रो धेरै विकेट हो। सन् १९८२ को विश्वकपमा लिन फुलस्टनले २३ विकेट र ज्याकी लर्डले २२ विकेट लिएका थिए।

दीप्ति एउटै विश्वकपमा २०० भन्दा बढी रन र २० भन्दा बढी विकेट लिने पहिलो खेलाडी पनि हुन्। उनले यस विश्वकपमा तीन अर्धशतकसहित २१५ रन बनाइन् र दुई पटक चार वा सोभन्दा बढी विकेट लिइन्।

फाइनल खेलमा स्मृति मन्धना र शेफाली वर्माबीच पहिलो विकेटका लागि १०४ रनको साझेदारी भयो। यो महिला विश्वकप फाइनलमा दोस्रो शतकीय ओपनिङ साझेदारी हो। यसअघि २०२२ मा एलिसा हीली र रचेल हेन्सले इङ्गल्यान्डविरुद्ध १६० रनको साझेदारी गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports