सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा श्रेष्ठ नियुक्त

962
shares

काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकमा अमृतमान श्रेष्ठ नियुक्त भएका छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन सञ्चालक समितिका सदस्य समेत रहेका श्रेष्ठलाई महाप्रबन्धक नियुक्त गरेको हो ।

उर्जामन्त्री कुलमान घिसिङका अनुसार, निगमका केही अत्यावश्यक काम तत्काल निर्णय लिनुपर्ने भएकाले मन्त्रिपरिषद्ले सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरेको हो । श्रेष्ठलाई तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । उनी निगममै कार्यरत रही अवकाश प्राप्त कर्मचारी पनि हुन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल तिहारपछि सकिएसँगै उनले उपनिर्देशक डोलेश्वर कोइरालालाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएका थिए । तर नायब महाप्रबन्धक जनकराज कालाखेतीले वरिष्ठता आधारमा आफूलाई निमित्त दिनुपर्ने माग प्रधानमन्त्री तथा पर्यटन मन्त्रालयका कार्यभार सम्हालिरहेकी सुशीला कार्कीसमक्ष राखेपछि, कालाखेतीलाई निमित्त महाप्रबन्धक तोकिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports