तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरे

1.09K
shares

रुकुमपूर्व । रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा मल्लले ५ हजार २११ मत प्राएका थिए ।

एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टीमा लाग्ने निर्णय सार्वजनिक गर्दै मल्लले पार्टीभित्र गुटगत स्वार्थ, राजनीतिक असमानता र ‘जनवादी केन्द्रीयता’ विपरीतका व्यवहारले आफू निराश भएको बताएका छन् ।‘७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएपछि एमालेभित्रको नेतृत्व चरित्रभन्दा निराशा बढ्दै गयो’, उनले भने ।जनयुद्धकालीन पृष्ठभूमि, सेनाद्वारा गिरफ्तारी र शिवपुरीमा भोगेको यातनासहितको राजनीतिक यात्रालाई स्मरण गर्दै मल्लले माओवादी मूलधारका कार्यकर्ताप्रति एमाले नेतृत्वले गरेको ‘नकारात्मक व्यवहार र बहिष्कार प्रवृत्ति’ले आफूलाई अलग हुन बाध्य बनाएको बताए ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेर एमालेले ‘अहंकारी प्रवृत्ति देखाएको’ आरोपसमेत उनले लगाए ।रुकुम–रोल्पाजस्ता ‘रातो भूगोल’ प्रति देखिएको उदासीनता, शहीद परिवारप्रति बेवास्ता र भ्रष्टाचारको संरक्षण पार्टीभित्र सामान्यजस्तै बनेको उनको आरोप छ ।मल्लले प्रचण्डदेखि झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायतका नेताले मूल कम्युनिस्ट धारमा फर्किन प्रेरित गरेको भन्दै आफू अब नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जुट्ने प्रतिवद्धता व्यक्त गरे। ‘फुटेर होइन, जुटेर मात्रै रुकुमपूर्वको समृद्धि सम्भव छ’, मल्लले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports