सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोजपुरबाट एमालेको ११ औ महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिए

1.2K
shares

भोजपुर । नेकपा एमालेले भोजपुरबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरेको छ ।

आकांक्षीहरू धेरै हुँदा निकै सकस परेपनि अन्तत: सहमतिमा ८ जना प्रतिनिधि छानिएका हुन् । छानिएका प्रतिनिधिमा खुलातर्फ प्रेमकुमार राई, सुरेन्द्र उदास, शरणकुमार राई र मक्कर खड्का छन् । महिलाबाट निर्मला शेर्पा र रमादेवी राईका नाममा सहमति जुटेको छ ।

४० वर्षमुनिको युवाबाट ज्ञानेन्द्र राई र दलितबाट चित्रलाल विक रहेका छन् ।पार्टीभित्र सर्वसहमति कायम गर्न र सहकार्यको सन्देश बलियो बनाउन नेतृत्वले भूमिका खेलेको जिल्ला कमिटी सचिव एक्सन राईले बताए । राईले ४० वर्षमुनिकोमा मनोनयन गरेकामा आफूले उम्मेदवारी फिर्ता लिएर प्रक्रियालाई सहज बनाउने प्रयास गरेको पनि बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports