सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारेका सबै अडकलबाजी पाकिस्तानी सरकारद्वारा अस्वीकार

1.3K
shares

पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उनी ‘पूर्ण रूपमा ठिक रहेको’ बताएका छन् । उनको स्वास्थ्य बिग्रिएको दाबीलाई दुवै पक्षले अस्वीकार गरेका डनले जनाएको छ ।

यद्यपि, पिटिआई नेतृत्वले परिवारका सदस्य र कानूनी सल्लाहकारलाई तीन हप्ताभन्दा बढी समयदेखि भेट्न नदिइएका कारण चिन्ता बढिरहेको बताउँदै अदियाला जेलमा रहेका पार्टी संस्थापकसँग भेटका लागि अनुरोध नवीकरण गरेको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा १४ वर्ष जेल सजाय भोगिरहेका इमरानलाई भेट्न माग गर्दै परिवार तथा कार्यकर्ताहरूले पछिल्ला दिनमा जेल बाहिर प्रदर्शन गरिरहेका छन् । पिटिआईको प्रतिनिधिमण्डल जेल पुगे पनि प्रवेश अनुमति नदिइएको बताइएको छ ।

७३ वर्षीय इमरानलाई उच्च सुरक्षा सुविधा रहेको स्थानमा सार्न सकिने विषयमा सामाजिक सञ्जालमा चर्को चर्चा फैलिएको छ, जसले अनलाइनमा ‘इमरान खान कहाँ छन् ?’ भन्ने प्रश्नलाई अत्यधिक चर्चा दिलाएको छ । गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन ।एआरवाई न्युजसँग कुरा गर्दै प्रधानमन्त्रीका सल्लाहकार सनाउल्लाहले इमरानको स्वास्थ्यबारे जनाइएको चिन्ता निराधार भएको बताएका छन् । उनका अनुसार चिकित्सकहरूको टोलीले दैनिक तथा साप्ताहिक रूपमा स्वास्थ्य परीक्षण गर्दै औषधि, आहार तथा आवश्यक सुविधाहरू व्यवस्थापन गरिरहेको छ । उनले इमरान अदियाला जेलमै रहेको र स्थानान्तरणबारेका खबर गलत भएको स्पष्ट पारे । तथापि, पिटिआईका वरिष्ठ नेता तथा सिनेटर अली जफरले डन न्युज टिभीमा बोल्दै यी दाबीहरूलाई आधारहीन बताएका छन् ।

पिटिआईका केन्द्रीय सूचना सचिव वकास अकरमले समेत इमरानबारे ‘भ्रामक कथा’ फैलाइएको भन्दै सरकारले उनलाई कुनै हानि पुऱ्याउन नसक्ने दाबी गरे । जियो न्युजमा आन्तरिक राज्यमन्त्री चौधरीले पनि अटकलबाजी पूर्ण रूपमा झुटो भएको बताउँदै ‘उनको स्वास्थ्य ठिक छ’ भन्ने पुनः दोहोर्‍याए ।यसैबीच, पिटिआई नेताहरू र परिवारका सदस्यहरूले इमरानको उमेर र सुरक्षा परिस्थितिको संवेदनशीलताबारे चिन्ता जनाइरहेका छन् । कान्छा छोरा कासिम खानले सामाजिक सञ्जालमा लेख्दै बुबालाई डेथ सेलमा एकान्तमै राखिएको र अदालती आदेश हुँदाहुँदै पनि नियमित भेट अनुमति नदिइएको आरोप लगाएका छन् । उनले कुनै फोन, कुनै भेट, कुनै प्रत्यक्ष सूचना नपाइएको भन्दै ‘पूर्ण ब्ल्याकआउट’ जस्तै अवस्था भएको उल्लेख गरेका छन् ।

कासिमले अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकार संस्थाहरूलाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै इमरान खानको जीवनको प्रमाण, भेटको अनुमति कार्यान्वयन र ‘अमानवीय एकान्त कारावास’ अन्त्य गर्न आग्रह गरेका छन् । उनका अनुसार इमरानलाई केवल राजनीतिक कारणले मात्र कैद गरिएको हो ।

प्रतिक्रिया

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports