२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सवारी दुर्घटनामा कालीकोटका पत्रकार आचार्यको निधन

1.5K
shares

सुर्खेत । सवारी दुर्घटनामा परी कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको निधन भएको छ। ‎

गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइयको थियो । उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आचार्य कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष हुन् ।वीरेन्द्रनगरको मूलपानीबाट चोकबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports