सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखरालाई १६६ रनको लक्ष्य

1.73K
shares

काठमाडौं । ओपनर बेन चार्ल्सवर्थ र भीम शार्कीको अर्धशतक मद्दतमा काठमान्डु गोर्खाजे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

ओपनर चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । एक छेउबाट निरन्तर विकेट जाँदा पनि अर्को छेउबाट काठमान्डुको इनिङ्स सम्हालेका उनले १९औं ओभरसम्म क्रिजमा बिताएका थिए । चार्ल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आक्रमक ब्याटिङ गरेका भीम शार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । मीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए ।

७९ रनमा ५ विकेट गुमाएको काठमान्डुका लागि चार्ल्सवर्थ र भीम शार्की मिलेर छैटौं विकेटका राम्रो रनको साझेदारी गरे ।

अर्का ओपनर आकाश त्रिपाठी खाता नखोल्दै धनन्जय लक्षनको बलमा बोल्ड भए । सातौं नम्बरमा ब्याटिङ गरेका भीम शार्कीले ओपनर चार्ल्सवर्थसँग राम्रो साझेदारी गर्दै इनिङ्स बिल्ड गरे ।बलिङमा पोखराका लागि धनन्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports