linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा

1.37K
shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’

उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दु:ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए ।

२०६४ मा पहिलोपटक निर्वाचन लडेका प्रचण्डले हरेकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । भएको संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा २ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । दुवै ठाउँबाट उनी विजयी भए ।संविधानसभाको दोस्रो निर्वाचनमा उनी काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार बनेका थिए । काठमाडौंबाट पराजित भए पनि उनी सिरहाबाट विजयी बने ।संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा उनी गृहजिल्ला चितवन २ बाट उम्मेदवार बने र विजयी पनि भए ।

२०७९ मा भएको निर्वाचनमा उनी गृहजिल्ला चितवन छाडेर गोरखा २ मा निर्वाचन लड्न गए । त्यहाँ पनि उनी विजयी बने ।उनलाई उम्मेदवार बन्न पार्टीका आधा दर्जभन्दा बढी जिल्लाबाट नाम सिफारिस भएका थिए । चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ, रुकुम पूर्वबाट उनको सिफारिस भएको थियो । उनी रुकुम पूर्वका लागि सकारात्मक बनेका खबर आइरहेका थिए ।उनले आफू रुकुम पूर्वबाटै आगामी निर्वाचन लड्ने घोषणा गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports