२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पश्चिमी वायुको आंशिक प्रभाव कायमै : आज आइतवार यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

377
shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराई भू–भाग तथा उपत्यका र खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।त्यस्तै, आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports