२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय हितलाई व्यातिगत स्वार्थ भन्दा माथि राख्नु नै साँचो अर्थमा देशभत्ति हो : पूर्व राजा ज्ञानेन्द्र शाह

377
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त रहेको बताएका छन् ।

दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको बताएका छन् ।

“हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ ?,” उनले प्रश्न गरेका छन्, “यी सबैलाई सच्याएर मिलाएर प्रजातान्त्रिक विधि प्रकृयालाई सुदृढ पार्दै विद्यमान विश्वपरिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्नु जरुरी छ ।”

भोटेकोसी बाढीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगिने गरी कूटनैतिक चातुर्यता अपनाउन पनि उनले सुझाव दिएका छन् । “नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उनले शुभकामना दिँदै भनेका छन्, “देशको कठिन समयमा एक अर्कामा भाइचारा कायम राख्नु, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुन्छ ।”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports