२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङले संञ्चालन गरेका सुपथ पसलमा सामान किन्नेहरूको भिड

195
shares

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन्।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रबन्धक प्रज्वलमान प्रधानका अनुसार नेपाल सरकारको निर्देशनअनुसार असोज १ गतेदेखि कात्तिक मसान्तसम्म सुपथ मूल्य पसल सञ्चालन गरिनेछ। उपभोक्तालाई चाडपर्वका बेला सहज र सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको उनले बताए।कर्पोरेसनका बिक्री कक्षमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा र धुलिखेललगायत स्थानमा १३ वटा बिक्री केन्द्र सञ्चालनमा छन्। यसबाहेक देशका विभिन्न २५ स्थानमा रहेका कार्यालयबाट समेत सुपथ मूल्यमा खाद्यवस्तु बिक्री भइरहेको प्रधानले जानकारी दिए।

उनका अनुसार सुपथ मूल्य पसलमा चामल, तेल, दाल, चिनी, नुन, मरिच, मसला, चियापत्ती, चिउरा, आँटा, मैदा र पिठोलगायत सामग्री उपलब्ध छन्। सरकारले तोकेको छुटअनुसार बजारमा प्रतिकिलो १०५ रुपैयाँ पर्ने चिनी सुपथ मूल्य पसलमा १०० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी, प्रतिकिलो २६ रुपैयाँ पर्ने नुन २४ रुपैयाँमा उपलब्ध छ।दाल, तेल, चिउरा, आँटा, मैदा र पिठोलगायत सामग्रीमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको छ। चामलमा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म तथा मरिच, मसला र चियापत्तीमा पाँचदेखि १० रुपैयाँसम्म छुट उपलब्ध गराइएको प्रधानले बताए। अन्य सामग्रीमा पनि वस्तुअनुसार १० देखि १५ रुपैयाँसम्म छुट दिएर बिक्रीवितरण भइरहेको उनले जानकारी दिए।

यसैबीच, पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको उपलब्धतामा देखिएको असहजता कम हुँदै गएको कर्पोरेसनले जनाएको छ। सुपथ मूल्य पसलबाट ग्यास बिक्री सुरु गरेपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन थालेका छन्। यसअघि टोकन प्रणालीमार्फत वितरण गरिँदै आएको ग्यास अहिले सिलिन्डर लिएर आउने उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन थालिएको प्रधानले बताए।

उनले आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न साल्ट ट्रेडिङका विभिन्न बिक्री केन्द्रमा पुग्न आम उपभोक्तालाई आग्रह गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports