सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फागुन २१ मा खुल्छ नयाँ र पुरानाको हैसियत ?

2.24K
shares

 

चारु मजुमदार १९६९ भारतको नक्सल आन्दोलनका पिता थिए । चारुका ज्यान दिनसक्ने हजारौं कार्यकर्ता थिए । एकदिन आफ्ना कार्यकर्ताको परीक्षण गर्दा उनले थाहा पाए– आफ्ना कार्यकर्ता त सम्भ्रान्त, सौखिन भइसकेका रहेछन् । कार्यकर्ताकै कारण कम्युनिष्ट पक्राउ गर्ने क्रममा चारु पनि पक्राउ परे । चारु पश्चिमाशैलीको गुणस्तरीय सिगारका सौखिन थिए, जसका कारण उनी जेल परे र १९७२ मा जेलभित्रै रहस्यमय रुपमा उनको मृत्यु भयो । त्यो समय ‘फेरारी’ अर्थात बेपत्ता पार्नसक्ने कलकत्ताका प्रहरी अधिकारी रनु गुहाले उनलाई पक्राउ गर्दा उनी नै चारु हुन् भन्ने निश्चित थिएन । जसरी होचि मिन्हको कमजोरी अमेरिकी सिगार थियो, त्यसैगरी चारुको कमजोरी पनि अमेरिकन सिगार हो भन्ने ती प्रहरीलाई थाहा थियो । जब सादा पोसाकमा रनु गुहाले सिगार दिए, चारु लोभिए, त्यसपछि प्रहरीले यिनै चारु हुन् भन्ने पक्का ग¥यो । त्यही सिगारका कारण चारुको मृत्युको कारण बन्यो । आज भारतका बिभिन्न प्रान्तमा माओवादी समूह र राजनीतिमा कम्युनिष्टहरु छन् तर तिनको हैसियत २०१४ देखि सत्तामा भाजपा अर्थात् नरेन्द्र मोदीको उदयसँगै हराउँदै र बिलाउँदै गएको छ ।
नेपालको राजनीतिमा प्रजातन्त्रको बिडा उठाउने पार्टी कांग्रेस नै हो । वीपी कोइरालाले २००३ असोज १६ गते भारतको पटनाबाट प्रकाशित हुने द सर्च लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सङ्गठित गर्न आह्वान गरियो र कात्तिक १५, २००३ मा बनारसमा देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्थाको स्थापना भयो । माघ १२ र १३ गते पहिलो महाधिवेशन गरियो । यही हो वर्तमान नेपाली कांग्रेसको जग ।
कांग्रेस नेपालको पहिलो र ठूलो समाजवादी–लोकतान्त्रिक पार्टी हो । २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरण भएपछि यो झन ठूलो पार्टी बनेको थियो । कांग्रेस भन्छ– २०८२ मा कृयाशील सदस्य १० लाख छन् । २०१५ सालमा किसानको फोटो राखेर चुनाव लड्दा दुईतिहाईको सरकार चलाएकै हो । केन्द्रमा वीपीको शासन थियो, गाउँ गाउँमा कांग्रेसीहरु लुटपाटमा लागे । जसका कारणले जनता त्रसित भए र कांग्रेस जनताका लागि सराप बन्यो । यही सरापमोचनका लागि राजाले पञ्चायत व्यवस्था ल्याएका थिए ।
त्यसपछि वीपी भारत निर्वासनमा गए । २०३३ सालमा वीपी मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । २०३६ सालमा पञ्चायतविरुद्ध ठूलै प्रदर्शन भयो, जनमत संग्रहको घोषणा र चुनाव भयो । तर सुधारिएको पञ्चायतले जितेपछि बहुदल आउन सकेन । वीपीले जननिर्णयको स्वागत गरेका थिए । २०३९ साउन ६ गते वीपी कोइरालाको निधन भयो । २०४६ सालमा फेरि पञ्चायत विरुद्ध आन्दोलन भयो र राजाले दलमाथिको प्रतिवन्ध फुकुवा गरिदिए, प्रजातन्त्र पुनस्र्थापना हुनसक्यो ।
तर गिरिजाप्रसाद कोइरालाको महत्वाकांक्षा र कृष्णप्रसाद भट्टराई–शेरबहादुर देउवाका द्वन्द्वले कांग्रेसमा नीति र वैचारिक धरातलमा पहिरो जान थाल्यो । पार्टी टुक्रिने र जोडिने, नेताहरुवीच बैमनुस्यता देखिने, नीति नैतिकता र चरित्रमा ह्रास आउने अनेक घटनाहरु घट्यो । सांसद किनबेचसम्मका प्रकरणहरु देखिए । प्राडो, पजेरो काण्ड, सांसदलाई थाइलेण्ड लगेर व्यभिचारमा डुबाउने हरकत पनि भएकै हो ।
कांग्रेसको नीतिहीनताकै कारण, राष्ट्रवाद र प्रजातन्त्रमा बिचलन आएकै कारण २०६३ को परिवर्तनपछि कांग्रेस कम्युनिष्टजस्तो हुनथाल्यो । सत्ता, सम्पत्ति र स्वार्थमा यसरी लिप्त हुनपुग्यो कि कांग्रेस अवसरवादी, छेपारो प्रवृत्ति बिकसित हुँदै गयो । कांग्रेसभित्र वीपीवाद मात्र शब्दमा सिमित हुनपुग्यो ।
सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र दह्रो गुट बनाएर एकछत्र शासन गर्न थाले । कहिले माओवादी, कहिले एमालेसँग मिलेर सत्तालाई उखु चुसेजसरी चुसिरहे । प्रजातन्त्र प्रजातन्त्र भन्दाभन्दै कांग्रेस सुकेको रुख हुनपुग्यो ।
२०५१ सालदेखि १० वर्षे जनयुद्ध गरेको सर्वहारावादी माओवादीले १७ हजारको हत्या गर्न सफल भयो । प्रचण्ड विश्व समाचार बने । २०६५ मा प्रधानमन्त्री बनेका प्रचण्ड ३ पल्ट प्रधानमन्त्री बने, १७ वर्ष सत्ता राजनीतिको किङपिन नै बनिरहे । यो वीचमा माओवादीले सर्वहारावाद बिर्सियो । माओवादीका नेताहरुले जतिसुकै मानवीय अपराध गरे पनि छुट पाइरहे । जनयुद्ध जनताका लागि होइन, नेताको सत्तास्वार्थको लागि गरिएको रहेछ भन्ने घटनाक्रमले प्रमाणित नै गरिदियो ।
कांग्रेस, एमाले र माओवादी ः यी तीन ठूला दलहरुले ससाना दलहरुलाई उचाल्ने, पछार्ने, सुविधा दिने खोस्ने, मिलाउने भत्काउने अनेक कार्य गरिरहे । जनताको असन्तुष्टिको आवाजलाई यिनले कहिल्यै सुनेनन् । शोषण, भ्रष्टाचार, अपराध यिनको नियमित निरन्तरता भइनै रह्यो ।
यसकारण गत भदौ २३ मा जेनजी पुस्ताले आन्दोलन गरे । आन्दोलन दबाउन यिनले राज्य दमन गरे, ससाना बालबालिकालाई गोली हाने, १९ जना मारिए । यसपछि देशैभरि जनआक्रोशको ज्वाला उठ्यो, २४ गते लोकतान्त्रिक गणतन्त्रको शासनसत्ताले फेरि गोली बर्सायो । ७६ जना मारिए । त्यसपछि के चाहियो, देश ज्वालामुखीमय भयो । यिनको सातो गयो, सत्ता सम्पत्ति छाडेर भागे, संसद संविधान समाप्त भयो । अन्तरिम सरकार बन्यो र फागुन २१ मा निर्वाचन तोकियो ।
फागुन २१ आउन ४ हप्ता बाँकी छ । यतिबेला कांंग्रेस, एमाले, माओवादी संगठित पार्टी त हुन् तर यिनको नाममा, मुहारमा, गतिमतिमा, विश्वसनीयतामा भ्रष्टाचारको तातो त्रिशूल डामिएको छ ।
चुनाव पुराना विरुद्ध नयाँ पुस्ताको मुकाविला बन्न पुगेको छ ।
नेपाली वर्णपटलाई पल्टाउँदा देखिन्छ– २००७ सालमा नेपाली कांग्रेसले प्रवासबाट लैनछोकडा ल्यायो र तिनलाई बन्दुक बोकाएर मुक्तिसेनाको नाम दिएको थियो । २०८२ साल आइपुग्दा कांग्रेससँग तरुण दल, नेवि संघजस्ता युवादस्ता छन् ।
एमालेले नेशनल भोलिन्टियर फोर्स बनाएको छ ।
माओवादीले वाईसिएललाई अर्ध सैनिक दस्ता घोषित गरिसकेको छ ।
नयाँहरु जो परिवर्तनका लागि अग्रसर भएका छन्, जो जेनजी पुस्ताको रगतबाट उठेर परिवर्तनको लहर चलाइरहेका छन्, तिनीहरु जनताको समर्थनमा विश्वास गरेर जवाफदेहीपूर्ण राजनीतिक परिवर्तन ल्याउने भनेर अग्रसर भएका छन् ।
पुराना संगठित दलहरु र नयाँ दलहरुवीच द्वन्द्व छ । यो द्वन्द्वको छेउकुना परम्परागत शक्ति पनि छ । यो द्वन्द्वको परिणाम के हुने हो ? जनताले कुन प्रकारको जनादेश दिने हुन् ? देश कसको नेतृत्वमा अघि बढ्ने हो ? सबै सवालको जवाफ फागुन २१ को निर्वाचनले दिनेछ ।
चीनका राष्ट्रपति सीजिन पिङले खुला अर्थनीति अँगालेर चीनलाई विश्वशक्ति त बनाए, तिनै सीजिन पिङले नेताका सम्पत्ति सबै राष्ट्रको हुने घोषणा गरेका छन् र बेलायतमा नाम चलेका नेपाली प्रोफेसर कुलबहादुर लुइटेलका अनुसार बृटिस दृष्टिमा कम्युनिजम विश्वमा असफल शिद्ध राजनैतिक व्यवस्था हो । अर्थात कम्युनिष्ट सपनामा भुलाउने गफ हो, राष्ट्रवाद बलियो पार्ने अभियान होइन ।
भनिन्छ प्रजातन्त्रको बिकल्प प्रजातन्त्र नै हो । तर प्रजातन्त्र बोकेको कांग्रेसले बहुदल आएपछिका ३७ वर्षलाई कालरात्रिमय बनाइदियो । यसकारण कांग्रेसका सलहजस्ता कार्यकर्ता सेलाइसकेका छन् । भदौ २३ गतेको आन्दोलनपछि महिना दिनसम्म म कांग्रेस हुँ, म संसदवादी हुँ भन्ने एकजना नेता सडकमा देखिएनन् ।
सर्वहारावादी माओवादीले चोला फे¥यो । नेकपा नामाकरण गरेर २ दर्जन पार्टी मिलाएर चुनाव जित्ने दौडमा छ । नयाँ पुस्ताको भिडमभिड समर्थन र प्रचार देखेर आत्तिएका कांग्रेस, एमाले, माओवादीले आफूलाई सर्कसमा सजाइने हो कि भन्ने भय पालेर चुनावमा घिस्रिदै गरेका देखिदैछ ।
परिवर्तन भयो, परिवर्तन आयो । नयाँ परिवर्तन फागुन २१ ले ल्याउने छ । कांग्रेस, माओवादी, एमालेलाई जनताले बैकुण्ठ दिएका थिए, कुकर्म गर्दा गर्दा बैकुण्ठ खोसिने अनुमान नेपालदेखि वाशिङ्टनसम्म, दिल्लीदेखि बेइजिङ्सम्म हुन थालिसकेको देखिन्छ ।
फागुन २१ को चुनावले ८९ सिटको कांग्रेस आधा साँघुरिने, ७८ सिटे एमाले र ३२ सिटे माओवादी पनि अर्धकट्टीजस्तो देखिन्छ भन्ने विश्लेषण हुनथालिसकेको छ ।
बिगत १९ वर्षमा लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टको जित, कम्युनिष्टको दबदबा । यो आश्चर्य देखियो । कांगेसको कम्युनिष्टकरण, एमालेको बहुमतको निरंकूता सबै देखियो । योभन्दा आश्चर्य त नयाँ नेपाल बनाउँछु भन्नेहरुको निरंकूशता, परिवारवाद, व्यभिचारवाद, राजनीतिक अपराधिकरण, भ्रष्टाचारको साम्राज्य चरित्र पनि देखियो । यी सबैले जनविश्वास गुमाएर घृणाको थुप्रो बनिसकेको वर्तमान पनि देखियो ।
यसकारण प्रश्न उठेको हो– नयाँले पुरानालाई फागुन २१ मा बिश्राम दिन सक्लान् ? जनलहर देखिएको छ, यही अनुसारको मतदान लहर दखिएला ?
जव जनता जनता जोड्न सकिन्न, त्यो देशको आधार जहिले पनि बालुवाको ढिस्को जस्तो हुनेगर्छ । कांग्रेस, एमाले, माओवादी करोडीमल, शेखहरुले देशका १ सय २६ भन्दा धेरै जातिलाई जोड्ने होइन, यिनलाई फोडेर यिनको हक खोस्ने, भोट बैंक निर्माण गर्नमै व्यस्त र मस्त रहे । धर्मनिरपेक्षता र संघीयता नाममा पनि यिनले देशलाई लुट्नुसम्म लुटे ।
संवैधानिक शासन, अग्रगमन, गणतन्त्र, समानता र समृद्धिका पुराना दलका हात्तीका जस्ता देखाउने दाँत मात्रै थिए ।
फागुन २१ को चुनाव पुराना दलका लागि मृत्युघण्टा बजेजस्तो हुने त होइन ? हेर्नुछ, जनताले कुन प्रकारको जनादेश दिनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports