सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन चोरीको आरोपीतलाई प्रहरीले गोली चलाएर पक्राउ गर्यो

962
shares

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा सुन चोरीको आरोपमा एक जनालाई प्रहरीले गोली हानेर गएराति पक्राउ गरेको छ ।

स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा गहना चोरी गरेको आरोपमा नेपालगञ्ज स्थायी घर भई हाल कलंकीमा बस्दै आएका प्रेम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो थारुले लामाको घरबाट करिब ३० तोला सुनचाँदीका गहनासहित कुल १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए ।घटनापछि प्रहरीले सक्रिय अनुसन्धान थालेको र चोरी भएको २४ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार थारुलाई नागार्जुन–६ क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा खुट्टामा गोली प्रहार गरिएको हो ।गोली लागेर घाइते भएका थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports