सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाद्र २३ र २४ गतेको घटनामा रास्वपा र बालेन के थियो भूमिका ?

बालेन सहित जेनजीहरुलाई उक्साउनेहरु सबै रास्वपाका उम्मेदवार

1.11K
shares

काठमाडौ । निर्वाचन आउन अब २८ दिनमात्र बाँकी रहेको बेला प्रायः सबै राजनीतिक दलहरुले सक्रियता बढाउँदै लगेको भएपनि प्रायः सबै दलहरु शहरी क्षेत्रमा मात्र केन्द्रीत भएका छन् । तर भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शनको फाइदा उठाउन सबै भन्दा अघि रास्वपा रहेको छ । रास्वपाले जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गरेर आफ्नो स्वार्थ पुरा गर्दे आएका र भाद्र २४ गतेको विध्वसात्मक कार्यमा सरिक भएका प्रायः सबै व्यक्तिहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएर उनीहरुलाई प्रत्यक्ष निर्वाचत र समानुपातिकमा उम्मेदवार बनाएको छ ।
नेपाली समाजमा विभिन्न एनजिओ र आइएनजिओमार्फत सक्रिय रहेका व्यक्तिहरुलाई समेत रास्वपाले उम्मेदवार बनाएको र तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साहलाई समेत आफ्नो पार्टीमा प्रवेश गराएर पार्टीको वरिष्ठ नेता र झापा ५ को उम्मेदवार बनाउँदै भावि प्रधानमन्त्रीको उम्मेदवार भनि प्रचार प्रसार गरिरहेको छ । झापा ५ मा विगत देखि नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली निर्वाचन लड्दै आएको क्षेत्र भएकाले रास्वपाले ओलीलाई निर्वाचित हुन रोक्नका लागि साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर झापा ५ मा पु¥याएको छ ।
बालेन साह नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीका सबै भन्दा आलोचक पात्र हुन् । भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा केही व्यक्तिहरु प्रवेश गरेर संसद भवन भत्काउन सुरु गरेपछि प्रहरीले गोली चलाएको थियो । भाद्र २३ गते काठमाडौमा १९ र इटहरीमा प्रहरीको गोली २ जनालाई गोली लागेर २१ जनाको निधन भएपश्चात् त्यसैलाई देखाएर भाद्र २४ गते अघिल्लो दिनको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायत अन्य सरकारी भवन र राजनीतिक दलका शिर्ष नेताहरुका निवासमा आगजनी गरेका थिए । बालेन साहले आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेर युवापुस्तालाई उक्साएका मात्र थिएन कुनै अँध्यारो कोठामा बसेर षड्यन्त्रका तानावाना बुनिरहेका थिए ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि भाद्र २७ गते राष्ट्रपतिले संविधानको उल्लघन गर्दे सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई बालेनकै सिफारिसमा प्रधानमन्त्रीमा नियुक्त गरेका र साहकै सिफारिसमा कार्कीले ओम प्रकाश अर्याल लगायत व्यक्तिहरुलाई मन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
साहले नै जेनजीहरुको एक समूहलाई स्टाटस मार्फत नेपाली सेनाका प्रधानसेनापति सँग वार्ता गर भनेर निर्देशन दिएपछि जेनजीका अगुवा र जेनजीहरुको भाद्र २३ गतेको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुदन गुरुङसहितका व्यक्तिहरु सेनतापतिसँग वार्ता गर्न पुगेका थिए । त्यसबेला सक्कली जेनजीहरु भने छायाँमा परेका र अहिले पनि उनीहरु साह र प्रधानमन्त्री कार्कीका विरोध गरिरहेका छन् ।
यी सबै तथ्यहरुले प्रष्ट हुन्छ भाद्र २३ गतेको विरोध प्रदर्शनमा घुसपैठ गरेर वितण्ड मच्चाउनेहरु अहिले रास्वपाका उम्मेदवार बनेका र गुरुङ समेत साहकै निर्देशनमा रास्वपामा प्रवेश गरेर साहकै सिफारिसमा उनी गोरखा १ बाट उम्मेदवार बनेका छन् ।
बालेन साहले मेयर पदबाट राजिनामा दिएर झापा ५ बाट उम्मेदवार बनाउने रणनीति रास्वपाका सभापति रवि लामिछानेकै थियो । उनी ओलीप्रति क्रुद्ध थिए । लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जेल परेपछि आफूलाई ओली सरकारले प्रतिशोध लिएको भन्दै जनतालाई भड्काउन लागि परेका थिए । अदालतको आदेश अनुसार उनी जेल परेका र अहिले धरौटीमा रिहा भएका हुन् ।
कार्की प्रधानमन्त्री बनेपछि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको मुद्दा फिर्ता लिने निर्णय सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता सविता भण्डारीले प्रधानमन्त्रीकै सल्लाहमा फिर्ता लिने निर्णय गरेपछि साह र लामिछानेको पोल खुल्दै गएको छ । मुद्दा फिर्ता लिने निर्णयको चौतर्फी विरोध भएपश्चात् सर्बोच्च अदालतले महान्यायाधिवक्ताको निर्णय र थप प्रमाणको सक्कलै फाइल अदालतमा पेश गर्न आदेश दिएपछि लामिछाने र सरकार रन्थनिएका छन् । त्यही कारणले गर्दा साहले एमाले अध्यक्ष ओलीलाई हत्याराको करार गरेर आफैँ न्यायाधिश भएका छन् ।
जेनजीहरुको भाद्र २३ र २४ गतेको विरोध प्रदर्शनमा गोली लागेर ४५ जनाको निधन भएको भन्दै कार्की सरकारले तिनै ४५ जनालाई मात्र सहिद घोषणा गर्दै उनका परिवारलाई आर्थिक सहयोग गरेको छ भने साहले ७६ जनाको हत्याको कारण अध्यक्ष ओलीमाथि लगाएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेका हुनाले अब उनीमाथि भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्य गर्न उक्साएको आरोपमा मुद्दा चलाउने कि नचलाउने ए कार्की सरकार ? के साह कानुनभन्दा माथि छन् ? जबसम्म अदालतले दोषी करार गर्दैन तबसम्म कसैलाई हत्याराको करार गर्न मिल्छ ?
काठमाडौ महानगरको मेयर रहँदा जनताले तिरेको करबाट कार्यालयमा राखिएको लिफ्ट आफूँ बाहेक अन्य व्यक्तिले प्रयोग गर्न नपाउने आदेश जारी गर्ने व्यक्ति भोली मुलुक हाँक्ने ठाउँमा पुगेको अवस्थामा त्यसबेला जनताको अवस्था कस्तो होला ?
अहिले जनतालाई आश्वासन बाँडेर आफ्नो स्वार्थ पूरा गर्नुभन्दा आफूले हिजो मेयर पदमा रहँदा सुकुम्बासी, कवाडी लगायत जनतामाथि गरेको ज्यादतीहरुलाई छोप्न सुकुम्बासीहरुको हितको लागि मध्यरातमा डोजर चलाएँ भन्नु जनतालाई उल्लु बनाएर जनताको सामू आफैँ उल्लु हुनु होइन र ? यी सबै तथ्यहरुले प्रष्ट हुन्छ भाद्र २३ र २४ गतेको घटनामा रास्वपाको सक्रिय सहभागिता थियो भनेर त्यसैले रास्वपाले विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुलाई आफ्नो उम्मेदवार बनाएको होइन र ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports