सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैकल्पिक राजनीतिमा भिडतन्त्रको समस्या

भिडतन्त्रले देश बनाएको इतिहास छैन ?

1.21K
shares

 

भाद्र २३ र २४ गते भएको विरोध प्रदर्शन र ध्वसात्मक काण्डपछि मुलुक फेरी संकटको घेराभित्र पर्दै गएको छ । पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल र तिनका नेताहरुलाई गाली गलौज गर्नु नै नयाँ भनिएका दलहरुको उपलब्धि भएको जस्तो देखिएको छ । नयाँ भनिएका दलहरुमा देखिएको भिडले मुलुकको समस्या समाधान हुन सक्ने अवस्था देखिँदैन । पुराना भनिएका दलहरु भित्रै पनि असन्तुष्टि धेरै रहेका छन् । आन्तरिक सुधारको माग गर्दै उठेको स्वरहरु सम्बोधन हुन नसक्दा दलहरु विभाजित समेत भएका धेरै उदाहरण रहेका छन् । विभाजित भएका दलहरुले पनि बैकल्पिक राजनीति निर्माण गर्न सकेको देखिँदैन । यसबाट के प्रष्ट हुन्छ भने जना बदलेर मात्र बैकल्पिक शक्ति निर्माण गर्न सकिँदो रहेनछ भनेर प्रष्ट हुन्छ । त्यसैले सोँच, चिन्तन र प्रवृत्ति बदल्नु अनिवार्य रहेको छ ।
पछिल्लो समयमा बैकल्पिक राजनीतिका नाममा देखिएको अर्को गम्भीर समस्या भनेको व्यक्ति केन्द्रीत राजनीति हो । सूचना प्रविधिको अहिलेको अवस्थामा विचार भन्दा व्यक्तिलाई ठुलो बनाइयो । सुचना प्रविधिको युगमा व्यक्तिलाई नै देवत्वकरण गरियो । त्यस्ता व्यक्तिको लोकप्रियता घट्दै जाँदा संगठन कमजोर हुने निश्चित जस्तै रहेको छ । करिब ३ वर्ष अघि गठन भएको रास्वपाले पहिलो पटकमै संसदमा उपस्थित जनाउन सकेको थियो । सो पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै विभिन्न जिल्लामा उनी विरुद्ध मुद्दा परेपछि उनी पक्राउ परे । तर रास्वपाले आफ्ना सभापतिलाई तत्कालीन केपी ओली सरकारले प्रतिशोध लिएको भन्दै विरोध गरिरहेको थियो । रास्वपालाई पहिलो पटक सरकारमा सामेल गराउने तिनै केपी ओली थिए । सभापति लामिछोलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको थियो । त्यसबेला लामिछानेका विभिन्न कसुरहरु बाहिरिए । दुई दुई वटा पासपोर्ट र नेपाली नागरिकता नलिई रद्द भैसकेको नेपाली नागरिकता नै प्रयोग गरेको उजुरी परेपछि उनी पदमुक्त भए, अब भन्नुहोस् ओली सरकारले कसरी रविमाथि प्रतिशोध लियो ?
अहिले पनि लामिछाने माथि ५ वटा जिल्लामा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा विचाराधिन रहिरहेको अवस्थामा रास्वपाले काठमाडौ महानगरका तत्कालिन मेयर बालेन साहलाई आफ्नो पार्टीको उम्मेदवार बनाएर भावि प्रधानमन्त्रीको रुपमा घोषणा गरेको छ । रास्वपाले बालेनको लोकप्रियतालाई भजाएर आफ्नो पार्टीको स्वार्थ पूरा गर्ने उदेश्य लिएको देखिन्छ । भाद्र २३ र २४ गते भएको विध्वसात्मक घटनामा बालेनको सहमति थियो भने भाद्र २३ गते विरोध प्रदर्शन गर्ने जेनजीहरुले नै बताइरहेका हुनाले बालेन समेत २३ गतेको घटनामा अप्रत्यक्ष रुपमा संलग्न रहेको देखिन्छ । रास्वपाले बालेनसँग गरेको सहमतिको ४ नम्वर बुँदामा जेनजीहरुले गरेको आन्दोलनको स्वामिव लिने सहमतिमा रास्वपा र बालेनले सही गरेको हुनाले भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेका व्यक्तिहरुले नै भाद्र २४ गते विध्वसात्मक घटना घटाएको प्रमाणित भएन र ?
राजनीति व्यक्तिमा सिमित भएपछि त्यसबेला असहमति देशद्रोह भन्ने लाग्छ । यस्तो अवस्थामा स्वास्थ्य राजनीति बहस हुन सक्दैन र संगठन भिडतन्त्रमा रुपान्तरण हुन्छ । अहिले रास्वपाप्रति देखिएको भिड त्यसैको प्रतिकमात्र हो । असन्तुष्टिहरु विकल्प बन्न नसक्नुको अर्को कारण हो सत्ता अभ्यासप्रतिको डर । सत्ता बाहिर बसेर आलोचना गर्नु जति सहज हुन्छ त्यति सत्ता सञ्चालन गर्न सहज हुँदैन । पछिल्लो समयमा बैकल्पिक भनिएका धेरै दलहरु सत्तातर्फ नजिकिँदा अन्योलग्रस्त देखिन्थ्यो । शासनको स्पष्ट विकल्प दिनुको सट्टा उनीहरु फेरी सत्तामै बसेर विरोधको भाषामै सिमित भए त्यसको प्रत्यक्ष प्रमाण हो रास्वपा । रास्वपा सत्तामै बसेर विरोधको भाषा बोल्ने र सत्तालाई आफ्नो पार्टी निर्माणका चस्मा अघि बढाउने खेलमा सिमित भएको विगतले देखाएको छ ।
देश सँधै संगठित, अनुशासित र बैचारिक राजनीति शक्तिले बनाएको इतिहास रहेको छ । असन्तुष्टिको झुण्डले देश बनाएको इतिहास छैन । असन्तुष्टिले परिवर्तनको ढोका खोल्न सक्छ तर त्यो ढोकाबाट देशलाई अघि बढाउने काम संगठित राजनीतिक शक्तिले मात्र गर्न सक्छ । अझैपनि नेपालमा बैकल्पिकराजनीतिक सम्भव छ तर त्यसका लागि त्यसैलाई आधार बनाएर अड्किनु हुँदैन । असन्तुष्टिलाई विचारमा विचारलाई नीतिमा र नीतिलाई संस्थागत अभ्यासमा रुपान्तरण गर्न सकिएका खण्डमा मात्र बैकल्पिक शक्ति बन्न सकिन्छ । अहिले नेपालको राजनीतिमा सबै भन्दा ठुलो आवश्यकता भनेको धैर्यता, स्पष्टता र इमान्दार राजनीतिक अभ्यास हो । विकल्पको सपना देखाउने मात्र होइन त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन सक्ने नेतृत्व अहिले चाहिएको छ ।
भिडले नेतृत्व होइन राष्ट्र निर्माणको जिम्मेवारी लिन सक्ने नेतृत्व आजको आवश्यकता हो । असन्तुष्टिमा अड्किनु घातक सावित हुन सक्छ । नेपालको अहिलेको समस्या भनेको विकल्पको अभाव होइन, विकल्पको नाममा फैल्याइएको भ्रम मात्र हो । कुनै एउटा नेतालाई देवत्वकरण गरेर नयाँ पार्टीको नाम दिँदैमा त्यसले समस्याको समाधान गर्न सक्ने सम्भावना नै देखिँदैन । नयाँ दलहरुमा अहिले देखिएको भिडतन्त्र हिजो अहिलेका पुराना दलहरुमा समेत देखिएको थियो । तर त्यो भिडतन्त्र पुराना दलहरुमा धेरै टिक्न सकेन । पुराना दलहरु व्यवस्थित र जनताप्रति उत्तरदायी हुन थालेपछि अवसर खोज्दै हिजोको भिडतन्त्र अहिले एउटा व्यक्तिलाई देवत्वकरण गर्दै उसैका पछि लागेको छ । यस्तो भिडतन्त्रले विश्वको कुनै मुलुक बनेको इतिहास आजसम्म छैन । भिडतन्त्रले होइन धैर्यता, स्वास्थ, संगठित, अनुशासित विचारले मात्र देश बन्न सक्छ । भिडतन्त्र आज आउँछ भोली जान्छ त्यो भिडतन्त्र बर्षामा आउने बाढीमात्र हो भन्ने हामीले ठानेका छौँ । जसको प्रमाण हो रास्वपा !

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports