टी -२० विश्वकपको सेमिफाइनल समीकरण पुरा
वि.सं.२०८२ फागुन १८ सोमवार ०९:५१
shares

आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ।
आइतबार भएको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारतले अन्तिम चारमा स्थान बनाएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो।
विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्यु जिल्यान्ड भिड्नेछन्। पहिलो सेमिफाइनल खेल कोलकताको इडेन गार्डेनमा बुधबार हुनेछ।सेमिफाइनल खेलमा इंग्ल्यान्ड र भारत भिड्नेछन्। यो खेल मुम्बइको वानखेडे स्टेडियममा बिहीबार हुनेछ।
विश्वकपको सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे राखिएको छ। विश्वकप २०२६ को फाइनल खेल आगामी आइतबार हुनेछ। सुपर ८ को समूह १ बाट दक्षिण अफ्रिका र भारतले सेमिफाइनलमा स्थान बनाएका हुन्।




































