सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रीहरूको वरीयता क्रममा हेरफेर

728
shares

काठमाडौं । मन्त्रिपरिषद्का सदस्यको वरीयतामा व्यापक हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्लेले नै निरन्तरता दिइएको छ । तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाललाई तोकिएको छ । उनी यसअघि चौथो वरीयतामा थिए ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको वरीयता बढाइएको छ । उनलाई चौथो वरीयतामा राखिएको छ । उनी यसअघि छैटौँ वरीयतामा थिए ।

गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौँमा तोकिएको छ । उनी यसअघि तेस्रो वरीयतामा थिए । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनील लम्सालको वरीयता घटाइएको छ । पाँचौँबाट उनलाई छैटौँ वरीयता दिइएको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सातौँ वरीयतामा राखिएको छ । उनी यसअघि १२औँ वरीयतामा थिइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको पनि वरीयता बढाइएको छ । उनलाई आठौँ वरीयता दिइएको छ । उनी यसअघि १५औँ वरीयतामा थिइन् । संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको पनि वरीयता बढाइएको छ । ११औँबाट अब उनलाई नवौँ वरीयता दिइएको छ ।स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री सीता मेहतालाई १०औँ वरीयतामा राखिएको छ । उनी यसअघि नवौँ वरीयतामा थिइन् । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेललाई ११औँ वरीयतामा राखिएको छ । उनी यसअघि आठौँ वरीयतामा थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज तिमिल्सिनाको वरीयता पनि फेरिएको छ । उनलाई १२औँ वरीयता तोकिएको छ । उनी यसअघि सातौँ वरीयतामा थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको पनि वरीयता घटाइएको छ । उनलाई १३औँ वरीयतामा राखिएको छ । उनी यसअघि १०औँ वरीयतामा थिए ।कृषिमन्त्री गीता चौधरीलाई १४औँ वरीयता दिइएको छ । उनी यसअघि १३औँ वरीयतामा थिइन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई अन्तिम अर्थात् १५औँ वरीयता तोकिएको छ । उनी यसअघि १४औँ वरीयतामा थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports