सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईको रिटमा कारण देखाउ आदेश सँगै २४ घण्टाभित्रमा लिखित जवाफ अदालतमा पेस गर्न र फाईल समेत पेस गर्न आदेश

156
shares

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले विपक्षीको नाममा बाटोको म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्न आदेश दिएको हो।

प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुईंटेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न सोमबार साँझ वीरगञ्जबाट पक्राउ गरेको थियो।

सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलाई अनुसन्धानको फाइल समेत ल्याउन भनेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports