संसदमा नाराबाजी, सभामुख अर्याल पेलेरै अधि बढे
वि.सं.२०८३ जेठ ७ बिहीवार २०:०८
shares

काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । विपक्षी नारा लगाइरहँदा सभामुख डीपी अर्याल सदनमा पेलेर अघि बढेका छन्।
केहीबेर अघि प्रधानमन्त्री बालेन शाहलाई भेटेर फर्किएका सभामुख अर्यालले विपक्षी दलको विरोधकाबीच सदन अघि बढाएका हुन्।प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।
स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।विपक्षी दलले प्रधानमन्त्री शाह सदनमा आएर आफूहरुले उठाएको प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नसक्ने भन्दै विरोध जनाइरहेका छन् ।



































