सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशका मुख्यमन्त्रीलाई एमालेले पनि मत दिने

208
shares

काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।

गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गरेका थिए । विश्वासको मतका लिन नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ ।कांग्रेस, जसपा नेपाल, लोसपा, नेकपा वीचमा मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएसँगै एकीकृत दलले जसपाले विश्वासको मत दिन आनाकानी गरेको थियो ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवले विश्वासको मत पाउने/नपाउने अनिश्चित बनेपछि केन्द्रीय तहमा कांग्रेस र एमालेको वीचमा संवाद भएको थियो । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक फरक समयमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेका थिए ।दुई दलमा भएको प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन् । केन्द्रीय तहमा भएको सहमति अनुसार मधेसका कांग्रेसका एक नेताले भने,‘मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ । कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ ।’

कांग्रेस र एमाले वीचमा भएको सहमति बारे बुधबार साँझ सभापति थापा र उपसभापति शर्माले मधेसका नेता एवं सांसदहरुसँग छलफल गर्ने भएका छन् । कांग्रेसले महोत्तरीको बर्दिवास आजदेखि सुरु गरेको दुईदिने कार्यक्रमका लागि शीर्ष नेताहरु मधेसमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports