आन्तरिक विवादमा रुमलिँदै कांग्रेस–एमाले
बालेन सरकारको दम्भ झन् बढ्यो
वि.सं.२०८३ जेठ ७ बिहीवार १२:३४
shares

काठमाडौ । नेपाली काँग्रेसभित्रको आन्तरिक द्वन्द्व तत्काल समाधान हुनेमा अनिश्चितता कायमै रहेको छ । गत पुसमा तत्कालिन महामन्त्री रहेका गगन थापा पक्षले विशेष महाधिवेशन गरी थापा नै
काँग्रेसको सभापतिमा निर्वाचित भएपछि काँग्रेसभित्रको आन्तरिक द्वन्द्व छताछुल्ल भएको हो । तत्कालिन सभापति शेरबहादुर देउवाले उपसभापति पुर्ण बहादुर खड्कालाई कार्यवाहक सभापति दिएका थिए । देउवा पक्षले पुसमा भएको विशेष महाधिवेशनलाई मान्यता नदिएको भएपनि सर्वोच्च अदालतले थापा पक्षलाई नै मान्यता दिएपछि काँग्रेसभित्रको विवाद अन्त्य हुन सक्ने आंकलन गरिएको भएपनि विवाद अझ बढ्दै गएको र काँग्रेस नै विभाजित हुनसक्ने अवस्थामा पुगेको छ । नेपाली काँग्रेस पटक–पटक विभाजित हुँदै आएको भएपनि फेरी एकजुट हुँदै आएको पार्टीको रुपमा चिनिन्छ ।
गिरिजाप्रसाद कोइराला सभापति रहेका बेला शेरबहादुर देउवा पक्षले पार्टी विभाजित गराएका थिए । तर केही समयपछि काँग्रेस फेरी एकजुट भएको थियो । त्यसबेला कोइरालाले देउवा पक्षलाई केन्द्रीय समिति लगायत अन्य विभिन्न समितिहरु र सांसदहरुको
निर्वाचनमा पनि ४० प्रतिशत भागवण्डा लगाई दिएका थिए । अहिले पनि कार्यवाहक सभापति पुर्ण बहादुर खड्का पक्षले सोही माग गगन पक्षसँग गरिरहेका भएपनि थापा पक्ष त्यसलाई स्वीकार गर्न तयार नभएकाले पार्टी औपचारिक रुपमै विभाजनको डिलमा पगेको छ । गत फागुन २१ गते भएको निर्वाचनमा काँग्रेसको पर्ण बहादुर खड्का पक्षले भागै लिएन । त्यही कारणले गर्दा काँग्रेस नराम्रोसँग पराजित हुन पुगेको छ । काँग्रेसको सभापति थापा पक्षमा उपसभापति विश्व प्रकाश शर्माको दबाव भएपनि ६०÷४० को भागवण्डा नगरी सय प्रतिशतको काँग्रेस बनाउने हो भन्ने अभिव्यक्ति दिएको भएपनि पुर्ण बहादुर खड्काले भने पार्टी एकता गर्ने कि विभाजन हुन दिने भन्ने गगनको हातमा रहेको बताएका छन् । संसदको निर्वाचनमा भने खड्का पक्षका केही व्यक्तिहरुलाई उम्मेदवार बनाइएको थियो भने गगन पक्षका धेरै उम्मेदवार रहेका भएपनि प्रत्यक्षतर्फ जम्मा १९ जनाले मात्र जित हाँसिल गर्न सकेका थिए । काँग्रेसले समानुपातिकतर्फ पनि करिब १२ लाख मत पहिलाको भन्दा कम पाएको थियो ।
समानुपातिकतर्फ उसले २० सिट हाँसिल गरेको थियो । त्यसैगरी विघटित संसदको पहिलो ठूलो दल काँग्रेस अहिले संकटपूर्ण अवस्थामा रहेको छ भने उ विभाजित भएको खण्डमा काँग्रेसको अस्तित्व नै संकटमा पर्नसक्ने सम्भावना देखिएको छ । नेकपा एमाले पनि निर्वाचनमा नराम्रोसँग पराजित भएको र संसदमा समेत न्यू्न्संख्यामा मात्र उपस्थिति जनाउन सकेको हनाले पनि रास्वपाले काँग्ेस, एमाले लगायतका पार्टीहरुलाई उपेक्षा गर्दै अघि बढेको हुनाले फेरी द्वन्द्वमा फस्न सक्ने वा रास्वपाको पेलान र बालेन सरकारको दम्भमै मुलुक फस्न सक्ने सम्भावना बढेर गएको छ ।




































