linktrix Long Ad
Salt Trading Long Ad

सुनसरी घटनाको न्यायिक छानविनको माग, एमालेले भन्यो ४ जनाको हत्याको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनु पर्दछ

351
shares

नेकपा (एमाले)ले सुनसरीमा ४ जना युवाको मृत्यु भएको घटनाको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ । एमालेले संसद्मा घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएको हो ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले सांसद गुरूप्रसाद बरालले सुनसरी घटनापछि ४ जनाको मृत्युको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।बरालले गृहमन्त्री सुधन गुरूङले पीडितको परिवारसँग गरेको सहमति संवैधानिक प्रक्रियाभन्दा बाहिर भएको आरोप लगाए ।

‘सुनसरीमा मृतकका परिवारसँग गृहमन्त्रीले कागज खडा गर्नुभएको छ, कानूनी प्रक्रिया मिचिएको छ, गृहमन्त्रीको तरिका खेदपूर्ण छ, यस्तो तरिकाबाट शान्ति सुरक्षा व्यवस्थित हुँदैन,’ बरालले भने ।त्यसअघि नेपाली कांग्रेसका सचेतक निश्कल राईले तराईमा भएको साम्प्रदायिक घटना सम्बन्धमा छानबिन गर्नुपर्ने बताए ।

विपक्षी दलले सुनसरी घटनामा सरकारले बनाएको छानबिन समितिमाथि प्रश्न उठाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports