सरकारकै नालायकीपन, ग्यास सिलिण्डरमा पोखियो !
वि.सं.२०८३ भदौ ४ बिहीवार ११:२३
shares

काठमाडौ । जान्नेलाई छान्ने भन्ने रास्वपा नेतृत्वको बालेन सरकारले जनतालाई अनाहका सास्तीमा पारेको छ । बर्षाको समयमा ग्यास उपभोक्ताहरु खाली सिलिण्डर लिएर सरकारले तोकेको वितरण केन्द्रमा पुगेका भएपनि दिनभर पानीमा रुझ्दै ग्यास पाउने आशामा बसेका भएपनि रिक्ता हात फर्किनुपर्ने बाध्यतामा उपभोक्ता रहेका छन् । ग्यासको हाहाकार हुनुको पछाडि कुनै ठोस कारण देखिँदैन । भारतबाट नियमित रुपमा ग्यास आयात भैरहेको भएपनि किन र कसका कारणले ग्यासको हाहाकार भयो भन्ने जनताको जवाफ दिन सरकारले सकिरहेको छैन ।
नेपाल आयल निगमले ग्यास आयात गरिरहेको छ । त्यो पनि नियमित भन्दा बढी तर बजारमा किन ग्यास अभाव भयो भनेर बालेन सरकारले त्यस विषयमा जनतालाई जानकारी दिएर सर्वसुलभ रुपमा डिलरहरुबाट ग्यास उपलब्ध गराउनुको सट्टा निगमले नै विभिन्न क्षेत्रबाट सिमित मात्रामा ग्यास उपलब्ध गराउन थालेको थियो ।
डिलरहरुबाट ग्याँस पाउँदै आएका उपभोक्ताहरुलाई अहिले डिलरहरुले ग्यास उपलब्ध गराउन सकेका छैनन् । निगमले त ग्यास सिमिति मात्रामा विक्रि वितरण गर्न थालेपछि एकातिर डिलरहरु असन्तुष्ट रहेका छन् भने अर्कोतिर उपभोक्ताहरु रित्तो सिलिण्डर बोकेर विभिन्न ठाउँमा भौतारिन बाध्य भएका छन् । डिलरहरुबाट ग्यास नपाउँदा उपभोक्ताहरुको खर्च बढेको छ । आफ्नै क्षेत्रका डिलरहरुबाट ग्यास नपाएपछि सिलिण्डर बोकेर टाढा टाढा पुग्दा पनि ग्यास पाउन सकेका छैनन् । यसले गर्दा बृद्धबृद्धा विरामी परेका र घरमा बुढाबुढीमात्र रहेको परिवारहरुलाई संकट परेको छ भने उनीहरुले होटलमा खाना खानुपर्ने बाध्यता सरकारले सिर्जना गरिदिएको छ ।
जान्नेलाई छान्ने भने रास्वपाको नारा अहिले खाली सिलिण्डरमा पोखिएको छ । ग्यास आयातमा कुनै कठिनाई नभएको र साविकभन्दा बढी ग्यास आयात भइरहेका सरकारको भनाई रहेको भएपनि किन, ग्यास सहज रुपमै पाइँदैन त भन्ने प्रश्नको जवाफ बालेन सरकारले जनतालाई दिन सकेको छैन ।
जनताले पैसा तिरेर पनि लामो समयसम्म ग्यास नपाउनु भनेको बालेन सरकारको अकर्मण्यता र नालायकीपन हो भन्दै उपभोक्ताहरु खाली सिलिण्डर बोकेर विभिन्न ठाउँमा पुगिरहेका छन् । तर पनि उनीहरुले ग्यास पाउन सकेका छैनन् । यस कारणले गर्दा तत्काल सरकारले डिलरमार्फत नै सहज रुपमा ग्यास उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । जनतालाई खोक्रो नारा दिएर, जालझेल र षड्यन्त्र गरेर सत्तामा पुगेको रास्वपा नेतृत्वको बालेन सरकारप्रति जनताको आक्रोश दिनप्रतिदिन बढ्दै गएको छ ।





































