गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तामा पुगेर प्रतिशोध लिनुमात्र राजनीति हो र ?

546
shares

 

ललितपुर । विहानीले दिउँसोको संकेत गर्दछ भन्ने उखान नेपालमा रहेको छ । यो उखान ठ्याक्कै बालेन सरकारसँग मेल खान्छ । गतवर्ष भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यलाई टेकेर त्यसैको बलमा गत फागुन २१ गते सम्पन्न भएको संघीय संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत पाएको रास्वपा नेतृत्वको बालेन सरकारको ५ महिने कार्यकाल हेर्दा सुभ संकेत देखिएको छैन ।
बालेन सरकार गठन भएकै दिनदेखि प्रतिशोधको राजनीतिमा उत्रिएको थियो सो क्रम अहिलेसम्म जारी रहेको छ । पुराना भनिएका राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुमाथि झोले भन्दै उनीहरुका विरुद्ध विभिन्न हथकण्डा मच्चाउन थालिएको छ । जनताले एक सिलिण्डर ग्यास पाउन संघर्ष गरिरहेका छन् । खाली सिलिण्डर बोकेर जनता ग्यासको खोजिमा भौतारिएका भएपनि ग्यास पाउन सकेका छैनन् । ग्यासको आयात भै रहेको छ तर बजारमा ग्यासको हाहाकार भएको छ यसको एउटै कारण हो बालेन सरकारको असफलता ।
प्रधानमन्त्री बालेन फेसबुकमै रमाउन थालेका छन् । स्टाटस मार्फत विपक्षी दलका नेता तथा कार्यकर्ताहरुलाई गाली गर्ने झोले भन्दै उनीहरुका विरुद्ध दिनहुँ स्टाटस लेखिएरहेका छन् । सरकारले जनतालाई डेलिभरी दिनुपर्नेमा त्यसो हुन सकेको छैन । पुराना दललाई मतदान गर्नेहरु झोले हुन् भन्ने रास्वपालाई मतदान गर्नेहरु के हुन् सरकार ?
राजनीतिक शक्तिले नयाँ अध्याय खोल्नु सक्छ तर यो अध्याय कति टिक्छ भन्ने विषय नै महत्वपूर्ण हुन्छ । नेतृत्वको सक्षमता र निष्पक्षताले नै राजनीतिक चरित्रलाई व्यवहारमा कसरी उत्तारिन्छ भन्ने महत्वपूर्ण विषय हो । स्थायी सरकार भनिने कर्मचारीतन्त्रलाई डण्डा देखाएर वा तर्साएर न मुलुकको विकास हुनसक्छ, नत जनताले नै डेलिभरी पाउन सक्छन् ? ग्यास आयात पहिलाको भन्दा बढी भइरहेको छ तर बजारमा किन ग्यासको हाहाकार भयो त्यसको जवाफ सम्बन्धित क्षेत्र र सरकारले जनतालाई दिनु किन नपर्ने ?
विगतको अधुरो काम सत्ता लिन वा सत्तामा पुग्न मात्र होइन । सत्तालाई नतिजामुखीमा बदल्नु महत्वपूर्ण कार्य हो । आउँदो पुस्तालाई सेवा गर्न आफू सक्षम बनाउन पनि सत्ताकै काम हो तर अहिले त्यस्तो अवस्था देखिएको छैन । बालेन सरकार आफ्नो नेतृत्वको सरकारको विरोध भएको देख्न र सुन्न सक्ने अवस्थामा छैन ।
स्थायी सरकार भनिने कर्मचारीतन्त्रलाई समेत तहसनहस पारिएको छ । संविधान अनुसार गठन गएर सञ्चालन भैरहेका महत्वपूर्ण सरकारी निकायहरुमा हस्तक्षेपमात्र गरिएको छैन पत्रकारलाई समेत आफ्नो गुणगान गाउने अभ्यासको रुपमा अघि बढ्ने प्रयास भएको छ । लेखेकै भरमा पत्रकारहरुलाई पक्राउ गर्ने गरिएको छ । के नयाँ भनेको यही हो ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports