गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय परम्पराको उल्लंघन गर्ने प्रधानमन्त्री अब जवाफ दिन बाध्य

338
shares

काठमाडौ । प्रधानमन्त्री बालेनले प्रत्येक महिनाको पहिलो हप्ताको एकदिन प्रतिनिधिसभाका सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने नियमलाई वेवास्ता गर्दै आएका थिए । प्रधानमन्त्री बालेनले गत जेष्ठ १७ गते संसदको बैठकमा उपस्थित भएर रोष्ट्रमबाटै भारतले मात्र होइन नेपालले समेत भारतको भूमि मिचेको रहेछ मैले त्यसको जानकारी प्रधानमन्त्री भएपछि मात्र थाहा पाएको हुँ भन्ने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले विरोध जनाउँदै त्यस विषयमा प्रष्ट पार्न र नेपालले कहाँ कहाँ कति भारतको भूमि मिचेको छ त्यसको जानकारी प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर दिनुपर्ने माग गरिरहेका थिए । तर प्रधानमन्त्री भने संसदमा उपस्थित भएर जानकारी दिन तयार थिएनन् उनी संसदको बैठकमा आउँदै आएका थिएनन् ।
प्रतिनिधिसभाको बैठकमा लामो समयदेखि उपस्थित नभएका प्रधानमन्त्री बालेन भने अब संसदको रोष्ट्रममा उभिएर सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन बाध्य भएका छन् । विपक्षी दलहरुले संसदको बैठक सुरु हुनासाथ प्रायः बैठक बसेको सबै दिनमा प्रधानमन्त्रीको जवाफ माग्दै बैठकको सुरुमै उभिएर विरोध जनाईरहेका थिए ।

सभामुख डिपी अयालले समेत प्रधानमन्त्रीलाई सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेपनि प्रधानमन्त्री बालेन तयार देखिएका थिएनन् । तर भाद्र १ गते बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुले बैठक सुरु हुनासाथ आ आफ्नो स्थानबाट उभिएर प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा आएर सांसदको प्रश्नहरुको जवाफ दिन रुलिङ गरेका छन् । सांसदहरुले सभामुख अर्याललाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रुलिङ माग गरिरहेका थिए ।
विपक्षी दलहरुको माग अनुसार नै सभामुख अर्यालले रुलिङ मात्र गरेन उनले प्रधानमन्त्रीलाई भाद्र १० गते संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन मिति नै तोकिदिएका छन् । प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिला सत्ताको एक दिन सांसदको प्रश्नको जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख भएपनि त्यसलाई प्रधानमन्त्री बालेनले उल्लंघन गर्दै आएका थिए । त्यसरी प्रधानमन्त्रीले नियमावली उल्लंघन गरेको हुनाले सभामुख अर्याल प्रधानमन्त्रीलाई रुलिङ गर्न बाध्य भएका हुन् ।
गत जेष्ठ १७ गते प्रधानमन्त्री बालेनले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भएको र सांसदहरुले प्रधानमन्त्रीलाई संसदमा आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए भने सभामुख अर्यालले समेत रुलिङ गर्न सकेका थिएनन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा समेत प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिएनन् । यी सबै कारणहरुले गर्दा प्रधानमन्त्री बालेनले आफूलाई संसदीय परम्परा विरुद्ध उभिएका थिए तर अचानक सभामुखले रुलिङ गरेको हुनाले त्यसको रहस्य के हो भन्ने प्रश्न समेत उठेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports